विशेष अनलाइन । सुरेश न्यौपानेले निर्देशन गर्न लागेका चलचित्र ‘रङ्गी’को गीत रेकर्ड गरिएको छ । शुक्रवार चलचित्र ‘रङ्गी’ को ‘छ नि माया’ बोलको गित काठमाडौँको स्टुडियो डाइनामिकमा रेकर्ड गरिएको हो ।
रेकर्ड गरिएको गितमा आनन्द कार्की र सुजता केसीको स्वर रहेको छ । दुर्गेश थापाको गीत, सङ्गीत र एरेन्ज रहेको गीतमा विमल छिनलको मिक्सिङ तथा मास्टरिङ छ ।
सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ अभिनयमा डेब्यु गर्दै छिन् ।चलचित्र ‘रङ्गी’ सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने भएको हो ।
बाबु छोरीको कथामा निर्माण हुन लागेका चलचित्रका निर्माता सक्षम सुवेदी हुन् । चलचित्रमा सुमन गजमेरको लेखन छ । चलचित्रमा सौरभ लामाको छायाङ्कन रहने छ ।
Discussion about this post