विशेष अनलाइन । प्रकाश सपुतले निर्देशन गर्ने चलचित्र ‘वसन्त’को छायांकन शुरु भएको छ । गायक तथा अभिनेता सपुतले शनिबारदेखि गृहजिल्ला बागलुङबाट डेब्यु निर्देशकीय चलचित्रको छायांकन थालेका छन् ।
छायांकनअघि कालिका मन्दिरमा शुभसाइत पूजा गरिएको थियो । सपुतसहित अभिनेत्री स्वस्तिमा खड्का, अन्य कलाकार र प्राविधिक, बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठ लगायतले मुहूर्त पूजामा उपस्थिति रहेको थियो । सपुतकै जन्मथलो धम्जा गाउँसहित बागलुङका विभिन्न स्थानमा २५ दिनसम्म चलचित्रको छायांकन हुनेछ ।
दशैंतिहारको बीचमा राजधानी काठमाडौं र तराईका विभिन्न लोकेसनमा छायांकनको तयारी रहेको छ । निर्माता कम्पनी गलबन्दी प्रोडक्सनका कार्यकारी प्रमुख दिल श्रीशका अनुसार छायांकनको लागि कास्ट एण्ड क्रू शनिबारै बागलुङ बजारदेखि धम्जा जाने छन् । चलचित्रलाई सुसन प्रजापतिले छायांकन गर्नेछन् ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने चलचित्रमा प्रकाश र स्वस्तिमा सहित प्रकाश घिमिरे, अनुप बराल र कमलमणि नेपाल भात पाल ठकुरी, खड्कबहादुर पुन, शिवांशी श्री लगायत कलाकारहरुको अभिनय रहनेछ । चलचित्रको कथा लेखन र संगीतको काम सपुतले स्वयंमले गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली रहेका छन् ।
Discussion about this post