विषेश अनलाइन । ‘अहिले नेपाली चलचित्र उद्योगमा चलेका अनुहार भन्दा कम छैनन् ‘ , ‘नेपाली चलचित्रमा छाप छाड्न सक्ने अनुहार’, ‘नेपालमा मात्र हैन हलिउड तथा वलिउडमा समेत स्थापित हुन सक्ने सम्भाबित व्यक्ति’,’सानै उमेरबाट कलाकारिताको भुत सवार होनाहार कलाकार बन्न सक्ने’, ‘बाबामा भएको गुण छोरामा सरेको देखिन्छ’ ….
माथी भनिएका शव्दहरु मिस्टर नेपाल २०२४ मा उपविजेता तथा पव्लिक चोइस अवार्ड जित्न सफल धरानका आदेश प्रधानका लागि पुर्वका विभिन्न चलचित्रकर्मीहरुले खर्चिएका शव्दहरु हुन् ।
धरानको ह्वाइट हाउस कलेजको शभाहलमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्ने सबैजसो कलाकारहरुले आदेशलाई कला क्षेत्रमा स्वागत गरे । कार्यक्रममा नेपाल चलचित्र संघ कोशी प्रदेश अध्यक्ष पर्शुराम चौधरी, वरिष्ठ कलाकार प्रेम सुब्बा, नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका सल्लाहकार अशोक चेम्जोङ लिम्बू, गायक श्रीकृष्ण लुइँटेल, निर्देशक भिम लामा,निर्देशक रबिन श्रेष्ठ, चलचित्रकर्मी महासंघ कोशी प्रदेशका महासचिव दिनेश कोइराला, चलचित्र पत्रकार संघ सुनसरी उपाध्यक्ष मनोज दाहाल लगायतले बोलेका थिए ।
आदेशका पिता समेत रहेका आरुण कुमार प्रधानले आफुले यश क्षेत्रमा टेकाउने काम मात्रै गरेको उल्लेख गर्दै हालसम्मको उपलब्धि आदेश स्वयंको मेहनत र लगावको नतिजा भएको बताए । आदेशले भने सुरुवात आमा बुवाको करकापका कारण भए पनि अब यसै क्षेत्रबाट केही गरेर देखाउन सकिन्छ भन्ने हौसला प्राप्त भएको बताए ।
आदेश मिस्टर नेपालमा सहभागी भए देखि नै उनको चर्चा सिने बजारमा चुलिएको छ । केही चलचित्र तथा म्यिजिक भिडियोबाट आफर आएको भए पनि आफुलाई पुर्णरुपमा निखारेर मात्रै अभिनयका विषयमा बिचार गर्ने आदेशको योजना छ ।
आदेशलाई शुभकामना
Discussion about this post