विशेष अनलाइन । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेराः घर नम्बर २’ को छायाङ्कन सकिएको छ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानहरुमा २५ दिनको नियमित छायाङ्कनमा चलचित्रको इन्डक्ल्याप गरिएको हो । प्राविधिक, कलाकारहरुको सहयोगमा चलचित्रको को छायाङ्कन सकिएको निर्देशक खनालले जानकारी दिए ।
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासनासिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको कार्यकारी निर्माता युवराज कार्की रहेका छन् । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको व्यानरमा निर्माण भएको चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी रहेको छ ।वुद्धिसागरले लेखेको कथालाई कृष्णबहादुर थापाले खिचेका हुन् ।
यो चलचित्रलाइ माघ ११ गतेबाट प्रदर्शन गर्ने घोषणा गरिएको छ । चलचित्रलाई काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।
Discussion about this post