विशेष अनलाइन । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्र ‘कङ्गारु’मा मुख्य अभिनेत्रीको रूपमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन् ।निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गर्दै चलचित्रका लागि भित्र्याएको हो ।
यसअघि चलचित्रमा केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापा अनुबन्धित भइसकेका छन् । चलचित्रको मुख्य भूमिकामा स्वस्तिमाको प्रवेशसँगै कलाकारहरूको लानअप बलियो बनेको छ ।कागजी सम्झौता गरेसँग स्वस्तिमाले यो चलचित्रमा काम गर्न पाउँदा आफू निकै उत्साही भएको बताएकी छन् ।
नायिका फाइनल गरेसँगै अब केही महिनामै छायांकनमा जाने तयारी रहेको निर्देशक बस्नेतले जानकारी दिए । ३५ दिनको छायांकन सेड्युल तय गरिएको चलचित्रको छायांकन अष्ट्रेलीयाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतका क्षेत्रमा हुनेछ ।
यो चलचित्र लमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ निर्माताको रूपमा रहेका छन् ।
राजिभ गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा तयार हुन लागेको चलचित्रको सह–निर्मातामा अन्जन दुरा र लक्ष्मी राई रहेकाछन् । चल्चित्रको कार्यकारी निर्माता टीका भण्डारी हुन् । चलचित्रको लाइन प्रोड्यूसरमा सविन ज्ञावली (अष्ट्रेलिया) रहेका छन् । चलचित्र निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ ।सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागेको चलचित्रमा सीमा गुरुङको कथा रहेको छ । चलचित्रको छायाँकार सुशन प्रजापति हुन् ।
Discussion about this post