विशेष अनलाइन । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुने चलचित्र ‘के घर के डेरा : घर नम्बर २’ को छायांकन सुरु भएको छ । ३० दिनको सेड्यूलसहित निर्माण युनिटले शुक्रबार गोदावरीबाट चलचित्रको छायांकन सुरु गरेको हो ।
चलचित्रको पहिलो सट अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीले दिएका छन् । चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी शनिबार बात सेटमा फर्किएका छन्
चलचित्रमा प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, बाल–कलाकार रुविना घिमिरेको मुख्य भूमिका रहनेछ । कृष्णबहादुर थापाको छायांकन रहने चलचित्र सामाजिक विषयवस्तुमा बन्न लागेको हो ।चलचित्रलाई दीपेन्द्र के। खनालले निर्देशन गर्दैछन् । चलचित्रमा बुद्धि सागरको लेखन रहेको छ ।
चलचित्र ‘के घर के डेराः घर नम्बर २’मा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठले मिलेर बनाउन लागेका हुन् ।चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुने चलचित्रको काठमाडौँमा वितरण रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनी रहेका छन् । चलचित्रलाई यसै वर्ष रिलिज गर्ने लक्ष्य निर्माण युनिटको रहेको छ ।
Discussion about this post