विशेष अनलाइन । दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्कापञ्जा ५’को छायाङ्कन सकिएको छ । निर्माण टिमले एक गीतको छायाङ्कन बाँकी राख्दै ५१औँ दिनमा चलचित्रको छायाङ्कन सकाएको हो । चलचित्रको बाँकी गीत भदौमा छायाङ्कन हुने निर्देशक निरौलाले बताइन् ।
चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी लगायतको मुख्य अभिनत रहेको छ ।
चलचित्रको छायाङ्कन काभ्रेको पाँचखाल क्षेत्र, पनौती, पोखरा आसपासमा छायाङ्कन भएको हो । चलचित्रले अर्थ–सामाजिक आयामलाई व्यङ्ग्य गर्ने बताइएको छ ।
‘छक्का पन्जा ५’को प्रदर्शन मिति यसै वर्षको दसैँमा भनिएको छ । नेपाली चलचित्रको क्षेत्रमा रेकर्ड कायम गर्न सफल ‘छक्का पन्जा’को पाँचौँ सिरिज हो ।चलचित्र आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो ।
Discussion about this post