विशेष अनलाइन । वसन्त निरौलाले निर्देशन गरेको चलचित्र ‘ज्वाइँ साब’को छायाङ्कन सकिएको छ । २३ दिन चित्लाङ र ७ दिन चितवनमा चलचित्रको छायाङ्कन सकिएको हो । कलाकार र प्राविधिकहरूको साथका कारण तोकिएकै समयमा चलचित्रको छायाङ्कन सकिएको निर्देशक निरौलाले बताएका छन् ।
चलचित्रमा कलाकार जितु नेपाल र नायिका नीति शाह मुख्य भूमिकामा छन् । उनीहरू सहित चलचित्रमा बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।
छायाङ्कन सकेसँगै चलचित्रको निर्माण टिम पोस्ट प्रोडक्शनको काममा जुटेका छन्। राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रमा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
Discussion about this post