विशेष अनलाइन । राजु गिरीको निर्देशनमा बनेको चलचित्र ‘नम्बरी सुन’ साउन २५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले चलचित्र हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने भएको छ । सोमबार ललितपुरको झम्सिखेलमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका प्रस्तुतकर्ता नारायण खातीले चलचित्रको तर्फबाट १२ जना दर्शकलाई सुन उपहार प्रदान गर्ने योजना ल्याइएको बताएका छन् ।
निर्माता खाती भन्छन्, ‘हामीले चलचित्रको’ खल्ती एपबाट टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरी ७ जना दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्नेछौं । वितरकसँगको सल्लाहमा यो योजना ल्याएका हौँ । उपहार लक्की– ड्र मार्फत प्रदान गरिने छ ।’
कार्यक्रममा निर्देशक गिरीले ६०, ७० वर्ष अगाडिको घर घरमा गएर सुनको गहना बनाउने कथा चलचित्रले उठाएको बताए । उनले चलचित्रमा सुनको बहेक मायाप्रेम, सेन्टिमेन्टल, कमेडी सबै खालका विषयवस्तुले भरेको सुनाए । निर्देशक गिरीले आफ्ना अघिल्ला चलचित्रभन्दा ‘नम्बरी सुन’ उत्कृष्ट भएको दाबी गरे ।
अभिनेत्री नम्रता सापकोटाले चलचित्रमा आफूले ग्रामीण भेगको युवतीको भूमिका निर्वाह गरेको बताइन् । उनले चलचित्र प्रेम प्राप्त गर्ने सङ्घर्ष आफ्नो रहेको सुनाइन् ।
चलचित्रमा गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको पनि अभिनय रहेको छ ।
शिवम् अधिकारीको कथा एवम् पटकथा रहेको चलचित्रको निर्माता सरोज खाती, सविन खाती, मनोज रिजाल हुन् । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशक, समीर मियाको भिएफएक्स, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतमराज खड्काको सम्पादन रहेको छ । चलचित्रलाइ काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।
Discussion about this post