BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

बुटवलमा मातृभाषाको चलचित्र निर्माण, प्रवर्द्धन, सहकार्य र बजारीकरण विषयक बिचार गोष्ठी सम्पन्न

विशेष अनलाइन by विशेष अनलाइन
असार २, २०८१, ९:०० बिहान
in FEATURE, चलचित्र
बुटवलमा मातृभाषाको चलचित्र निर्माण, प्रवर्द्धन, सहकार्य र बजारीकरण विषयक बिचार गोष्ठी सम्पन्न
74
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । रुपन्देहीको बुटवलमा एक दिने मातृभाषाको चलचित्र निर्माण, प्रवर्द्धन, सहकार्य र बजारीकरण र सम्मान विषयक बिचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनजाति मातृभाषा प्रवर्द्धन समितिका संयोजक ज्योतिराज राईको अध्यक्षतामा भएको कार्यक्रममा मगर, गुरुङ, थारु चलचित्रकर्मी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।

संयोजक ज्योतिराज राईले चलचित्र निर्माण गर्नु भन्दा अगाडी चलचित्र निर्माण गर्ने विषय वस्तुमाथि मेहनतका साथ गम्भीर भएर अध्ययन अनुसन्धान गर्नु पर्ने बताए । शनिवार बुटवलमा मातृभाषा चलचित्र प्रवर्धन समिति आदिवासी र जनजाति चलचित्र महासंघको आयोजना, चलचित्र विकास बोर्डको सहयोग र मगर चलचित्रकर्मी संघ रुपन्देहीको सह आयोजनामा सम्पन्न मातृभाषा चलचित्रको निर्माण प्रवर्धन बजारीकरण विषयक अन्तर्क्रिया कार्यक्रममा राईले यस्तो बताएका हुन् ।

चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवर्धन समिति’को संयोजक राईले आदिवासी र जनजाति चलचित्रको प्रवर्द्धनको लागी समिति गठन भइसकेकोले अबका दिनमा आदिवासी जनजाति चलचित्रहरूको प्रवर्द्धन र बजारीकरण सहज हुने राईको दाबी थियो । अब आदिवासी जनजाति चलचित्रहरू फेस्टिभल र च्यारिटीमा मात्र सीमित नभएर अन्य चलचित्रहरू सँग पनि प्रतिस्पर्धामा जाने भएकाले चलचित्र निर्माण गर्दा आदिवासी जनजातिहरूको भावनामा ठेस लाग्ने,उनीहरूको भाषा कला,साहित्य र संस्कृतिमा आँच आउने कुरामा ध्यान दिन जोड दिए । चलचित्र मार्फत अब आउने नयाँ पुस्तालाई नेपाली संस्कृति सिकाउने भएकाले पनि चलचित्र निर्माण गर्दा गम्भीर हुनुपर्नेमा राईको जोड थियो ।

कार्यक्रमका  प्रमुख अतिथि आदिवासी चलचित्रकर्मी महासंघका अध्यक्ष पुर्खाजीत राईले आदीवासीहरु नेपालका मूलवासी भएकाले हाम्रो भाषा नै नेपालको मूल भाषा भएकाले मूल भाषामा बनेका चलचित्रहरूलाई विश्व बजारमा पुर्‍याउने काम महासंघको भएको जिकिर गरे । चलचित्र मार्फत आदिवासीहरू आफ्नो भाषा, कला संस्कृति र परम्पराको संरक्षण गर्ने लागी परेको देखेर सरकार पक्षका ढोङगीहरु अत्तालिन थालेको आरोप समेत लगाए ।

कार्यक्रममा मातृभाषा र सामुदायिक मुद्दामा आधारित चलचित्र निर्माण, निर्देशन र प्रवर्द्धनमा विशेष योगदान पुर्‍याउने मेजन पुन मगर , धनबहादुर गुरुङ र छविलाल९कोपिला० चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रमका अर्का वक्ता कलाकार तथा निर्माता धनबहादुर गुरुङले सरकारले जनजातिहरूको भाषा संस्कृति लाई दमन गरेकै कारण आदिवासीहरुको कथामा निर्माण गरिएको चलचित्रहरूले बजार पाउन नसकेको बताए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले आदिवासी चलचित्रहरू सीमित समुदायमा मात्र नभई देशव्यापी रूपमा बजारीकरण हुनुपर्ने बताए ।आदिवासी जनजाति मातृभाषा प्रवर्द्धन समितिका संयोजक ज्योतिराज राईको अध्यक्षतामा भएको कार्यक्रममा मगर, गुरुङ, थारु चलचित्रकर्मी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।

  • Beta

Beta feature

Tags: आदिवासी जनजातिज्योतिराज राई
Previous Post

ओटीटीमा रिलिज भयो ‘पशुपतिप्रसाद २ : भष्मे डन’

Next Post

टुँडिखेलबाट सुरु भयो ‘घरज्वाइँ’को प्रचार

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

विराज र सुपुष्पाको केमेस्ट्री हिट: ‘धागोले बाटेको’ गीतले हलसम्म तान्ने संकेत

फाल्गुन २७, २०८२, ७:०५ मध्यान्ह
सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
Next Post
टुँडिखेलबाट सुरु भयो ‘घरज्वाइँ’को प्रचार

टुँडिखेलबाट सुरु भयो ‘घरज्वाइँ’को प्रचार

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।