BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र नगरीमा जम्दै गायक सपूत

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ ३१, २०८१, ६:२१ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र नगरीमा जम्दै गायक सपूत
90
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । लोक तथा दोहोरीका क्षेत्रमा निकै फ्यान फलोइङ कमाउन सफल गायक हुन् प्रकाश सपूत । उनले सार्वजनिक गरेको गीतले नेपाली दर्शकको मन नजितेको सायदै कमै होला । पछिल्लो समय नेपाली चलचित्रका गीत सङ्गीतमा पनि प्रकाश सपूत जोडिने गरेका छन् । केही समय अघि चलचित्र बोक्सीको घरको गीत बुझिन मैले बुझाइदेऊ कसैले बोलको गीतलाई नेपाली दर्शकले अत्यधिक रुचाएका थिए । त्यसपछि चलचित्र पुजार सार्कीको गीत दर्शन गरेँ हल्का निहुरेर बोलको गीतलाई दर्शकले निकै रुचाएका थिए । प्रकाश सपूतले कुनै पनि गीतमा छोए मात्रै भने पनि दर्शकले रुचाइहाल्छन् भन्दा फरक पर्दैन ।

गीत लेख्न होस् सङ्गीत गर्न होस या गाउन होस् अथवा उक्त गीतमा अभिनय गर्न होस् प्रकाश केहीमा पनि कमी छैनन् । गीत सङ्गीतका क्षेत्रमा अपार सफलता पाइरहेका गायक प्रकाश सपूत बिस्तारै चलचित्र नगरीमा समेत व्यस्त बन्दै गएका छन् । गत दसैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ लाई नेपाली दर्शकले रुचाएपछि सपूत आफैँ चलचित्र निर्माणमा कस्सिने तयारीमा छन् । सपूतले चलचित्र नगरीमा पाइला टेकेको पहिलो चलचित्र ‘परदेशी २’ ले सफलता मात्र प्राप्त गरेन, प्रदर्शनको ५१औँ दिन मनाउन समेत सफल भएको थियो ।

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले नेपाली युवा वैदेशिक रोजगारका लागि गएपछि आउने उतार चढावको कथा उठान गरेको छ । चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गरिसकेका सपूत यति बेला भने अर्को चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को छायाङ्कनमा व्यस्त छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट छायाङ्कन सुरु गरेको छ । चलचित्रका लागि पहिलो दृश्य नै प्रकाश सपूत र बाल कलाकार जान्भि पौडेल दिएका थिए । सरोज पौडेलको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा सपूत सँगै विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल लगायतका कलाकारको समेत अभिनय रहने छ ।

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ पश्चात् प्रकाश आफ्नै कथा, निर्देशन तथा अभिनय रहने चलचित्र ‘वसन्त’ मा व्यस्त हुने छन् । चलचित्रको छायाङ्कन आगामी भदौदेखि थालिने बताइएको छ । चलचित्रमा प्रकाश आफै मुख्य भूमिकामा देखिने छन् भने नायिकामा स्वस्तिमा खड्का हुने छिन् । चलचित्रका अन्य कलाकारहरूमा अनुप बराल, प्रकाश घिमिरे र कमलमणि नेपाल लगायत रहने छन् ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्रका कार्यकारी निर्माता मोहन विक, अनुरोध भट्टराई र नेन्सी शेरचन छन् । चलचित्र २०८१ को चैते दसैँमा प्रदर्शनमा ल्याउने घोषणा निर्माण पक्षले गरेको छ । यसरी हेर्दा प्रकाश सपूत अब चलचित्र नगरीमा पनि निकै डिमाण्डेड बन्दै गइरहेका छन् ।

Previous Post

रिस्क मोलेर ‘दान्भी’ मा काम गरेकी पुजा

Next Post

रिलिज भएको १० वर्षपछि प्रकाश सुब्बाको मिराज युट्युबमा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
रिलिज भएको १० वर्षपछि प्रकाश सुब्बाको  मिराज युट्युबमा

रिलिज भएको १० वर्षपछि प्रकाश सुब्बाको मिराज युट्युबमा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।