बिशेष अनलाइन । अभिनेत्री पूजा शर्मा अभिनीत चलचित्र ‘दान्भी’ आगामी असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको छ । चलचित्र मार्फत पूजा पहिलोपटक एक्सन अवतारमा देखिँदै छिन् ।
प्रेमकथाको चलचित्रमा काम गर्दै आएकी पूजाको एक्सन चलचित्र हो ‘दान्भी’ । एक्सन चलचित्र आफूले ठुलै रिस्क मोलेर अभिनय गरेको पूजा बताउँछिन् । अभिनेत्री शर्मा भन्छिन् , ‘सधैँ एकै खाल्को चलचित्र गर्नुभन्दा फरक पनि हुन्छ र सिक्ने मौका पनि मिल्छ भनेर ‘दान्भी’ गरेको हो’ । ‘एक्सन के हो थाहा थिएन । मलाइ यो चलचित्रमा कम गरिरहदा धेरै कुराहरु सिक्ने मौका पाएको शर्माले भनिन् । अहिलेसम्म गरेको अभिनय मध्ये सबैभन्दा गाह्रो एक्सन भएको बताएकी उनले मिहिनेत धेरै गर्नुपरेको सुनाइन् ।
नेपाली चलचित्रमा बेलाबेलामा महिला एक्सन देख्दै आएका छन् । अरु चलचित्रको एक्सनभन्दा ‘दान्भी’ को निकै फरक रहेको पूजाले दाबि गएकि छिन् । ‘चलचित्रमा त्यस्तो एक्सन छ जुन दर्शकलाइ साच्चिँकै भइरहेको फिल हुन्छ ।’ चलचित्रमा अभिनेत्री पुजा मुख्य भुमिकामा रहेकि छिन् ।
रुपेश तामाङको निर्देशन रहेको चलचित्रमा पूजा सहित किरण श्रेष्ठ, कुन्साङ बोमजोमको पनि मुख्य भूमिका रहेको छ । देव मगर र अनुप गडाल निर्माता रहेको यो फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् ।
चलचित्रमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रूपमा रहेका छन् । चलचित्रमा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।
Discussion about this post