विशेष अनलाइन । चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी र साउथ चलचित्रकी अभिनेत्री साई पल्लवी बिच भेट भएको तस्विर सार्वजनिक भएको छ । भुवनले सामाजिक संजालमा अभिनेत्री साई पल्लवीसँग खिचेको फोटो पोष्ट गर्दै भेटको जानकारी दिएका हुन् । दुबैको भेट मम्बईमा आयोजित एक अवार्ड समारोहमा भएको हो ।
भेटका क्रममा उनीहरुबीच नेपाली चलचित्र क्षेत्र र साउथ चलचित्र नगरीकाको बिषयमा कुराकानी भएको भुवनले उल्लेख गरेका छन् । अभिनेत्री साई पल्लवीलाई नेपाल आउन निमान्त्रणा दिएको उल्लेख गर्दै बोर्ड अध्यक्ष केसीले उनी केही महिनापछि नेपाल आउन तयार रहेको उल्लेख गरेका छन् ।
पल्लवीले भुवनसँगको भेटमा नेपालको सौन्दर्यताको चर्चा समेत गरेकी थिइन् । उनले नेपाली चलचित्र हेर्ने इच्छा समेत राखेको बोर्ड अध्यक्ष केसीले जानकारी दिएका छन् । साई पल्लवी अभिनित साउथ चलचित्र दिल धडक धडक नेपालमा पनि छायांकन गरिएको थियो । चलचित्रमा नेपालमा भुकम्प जादा भएको जनधनको क्षेति देखाइएको छ ।
Discussion about this post