बिशेष अनलाइन । चलचित्र निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । मालीगाउँ प्रहरीले काठमाडौंको बालुवाटारस्थित एक होटलबाट सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो । गत वर्ष रिलिज भएको चलचित्र ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा लगिएको छ ।
निर्देशक थापा र सम्पादक श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । अधिकृतका अनुसार आफूहरुको मञ्जुरीबिना चलचित्रलाई देश तथा विदेशमा प्रदर्शन गरेको भनेर निर्माता बस्नेत र श्रेष्ठले तीन जनाकोविरुद्ध उजुरी दिएका हुन् ।
पक्राउ पर्नुअघि निर्देशक थापा आफ्नो नयाँ चलचित्र ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु गर्ने तयारीमा थिए । उनी पक्राउ परेपछि चलचित्रको छायांकन रोकिएको छ । उनलाई सोमबार नै अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारीमा प्रहरी रहेको जनाइएको छ ।
सुदर्शन नेपाली चलचित्रका सफल निर्देशक मानिन्छन् । उनले ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘रामकहानी’, ‘सम्हालिन्छ कहिले मन’ जस्ता एक दर्जन बढी फिल्म निर्देशन गरिसकेका छन् । गत वर्ष उनले अभिनेता अनमोल केसीविरुद्ध आपराधिक विश्वासघातको आरोपमा उजुरी हालेर पक्राउ गराएका थिए ।
Discussion about this post