बिशेष अन्लाइन। स्याडो पिक्चर्स र रेट्रो चलचित्रको प्रस्तुतिमा तयार भएको चलचित्र ‘आउट लः दभा २१९’को पहिलो पोस्टर सार्वजनिक भएको छ ।सार्वजनिक पहिलो पोस्टरमा चलचित्रका मुख्य नायक सुशिल श्रेष्ठ एक्सन एङ्ग्री अवतारमा छन् । सार्वजनिक पोस्टरमा नायक श्रेष्ठ बन्दुक बोकेर उभिएका छन् ।
अमित अग्रहरिको निर्माणमा तयार भएको चलचित्रको पहिलो पोस्टर सँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको हो । चलचित्र आगामी असोजको ३ गतेदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउनेछ ।
चलचित्रमा विक्की महर्जनको लेखन तथा निर्देशन छ । सुशिलका अलवा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुन लगायतको अभिनय छ । विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–निर्माताको रूपमा छन् ।
नविन गुरुङको डीओपी रहेको यो चलचित्रमा साहिल खानको सम्पादन छ । चुल्ठे काजीको एक्सन रहेको चलचित्रमा इश्वर घिमिरे प्रोडक्शन म्यानेजरको रूपमा छन् । सुशिलका लागि यो चलचित्र बलियो कमब्याको रूपमा रहने चर्चा चलचित्र वृत्तमा छ । यो चलचित्र लाई देशभर डीसीएनले वितरण गर्नेछ ।
Discussion about this post