विशेष अनलाइन । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले ‘कोशी चलचित्र महोत्सव ९२०८१’ आयोजना गर्दै छ । यही जेठ ६ गतेबाट हुने महोत्सवमा कोशी प्रदेशका चलचित्रकर्मीहरुले निर्माण गरेका चलचित्रहरुलाई सहभागी गराइने । जस्का लागि मन्त्रालयले विभिन्न मापदण्ड सहित सुचना प्रकाशन गरिसकेको छ ।
चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधानका अनुसार चलचित्र सहभागीताका लागि गरिएको सूचनाको म्याद वैशाख २७ गते बिहीबारबाट सकिँदै छ । हामीले विभिन्न माध्यमबाट कोशी प्रदेशका चलचित्रकर्मीहरूलाई सूचना पुर्याएका छौँ । अझै पनि कोही छुट्नु भएको भए तत्काल सम्पर्कमा आउन सक्नु हुन्छ अध्यक्ष प्रधानले भने ।
मन्त्रालयको सञ्चार विभागले आयोजना गर्ने चलचित्र महोत्सव मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार हो । महोत्सव को उद्घाटन झापाको बिर्तामोडमा हुने बताइएको छ ।
बाकी सम्पूर्ण कार्यक्रमहरू भने कोशी प्रदेशको राजधानी विराटनगरमा हुने चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष प्रधानले जानकारी दिए । प्रधानका अनुसार केही दिनमा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको बारेमा जानकारी गराइने छ ।
Discussion about this post