विषेश अनलाइन । चलचित्रकर्मी महासंघ कोशी प्रदेशका पदाधिकारीहरुले नव नियुक्त मुख्य मन्त्री केदार कार्कीसँग भेट गरेका छन् ।
मुख्य मन्त्री कार्कीलाई भेट्न अध्यक्ष अरुण कुमार प्रधानको नेतृत्वमा उपाध्यक्ष लाखमान योन्जन, महासचिव दिनेश कोइराला, सदस्यहरु भिषण राई, रितेश जंग खत्री, बिनोद पुडासैनी लगायत गएका थिए ।
भेटका क्रममा चलचित्र कर्मी महासंघ कोशी प्रदेशको पहलमा बन्ने भनिएको फिल्म सिटी निर्माण साथै कोशी प्रदेशका कलाकर्मीका समस्याहरु पहिचान गर्ने र त्यसको समाधान गर्न सहकार्य गर्ने विषयमा छलफल भएको महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए ।
“भेट सकारात्मक भयो । मुख्य गरि कलाकार्मीको समस्या पहिचान र समाधानका लागि सहकार्य गर्ने विषयमा छलफल भयो, मुख्य मन्त्री ज्यू पनि सकारात्मक देखिनु भएको छ ।” अध्यक्ष प्रधानले भने ।
Discussion about this post