BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न

विशेष अनलाइन by विशेष अनलाइन
२०८०, २३ कार्तिक बिहीबार १९:२१
in FEATURE, चलचित्र
ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न
188
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । लिम्बू समुदायको कथामा आधारित ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न भएको छ । चलचित्र प्रदर्शन अघि पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बाको प्रमुख आतिथ्ययतामा औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री सुब्बाले विभिन्न समुदायको संस्कृति झल्किने ऐतिहासिक चलचित्रले हराउँदै गएको नेपाली संस्कृतिलाई जगाइराख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नेपाल चलचित्रकर्मी महासंघ कोसी प्रदेश अध्यक्ष अरुण कुमार प्रधानले चलचित्र निर्देशक तथा चलचित्र युनिटको अथक प्रयासपछि उत्कृष्ट चलचित्र निर्माण भएको उल्लेख गर्दै चलचित्र हाँङनान्द निर्माण युनिटलाई शुभकामना दिए ।

चलचित्र निर्माणको उद्देश्य बारे प्रकाश पार्दै चलचित्रका निर्देशक विजय संयोक सुब्बाले लिम्बु जातीको आफ्नै संस्कार संस्कृति भएको विषयमा नव पीढीहरूलाई  जानकारी दिन चलचित्र सफल हुने र संस्कार संस्कृतिलाई बचाइ राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा आसावादी रहेको उल्लेख गरे ।

इटहरीको क्यूएफएक्स हलमा राखिएको विशेष सो मा दर्शकको बाक्लो उपस्थिति भएको थियो । सुरुमा क्यूएफएक्सको एउटा हल मात्र रिजर्भ गरिएकोमा दर्शकको अत्यधिक उपस्थितिपछि दोस्रो हल समेत लिएर चलचित्र देखाइएको थियो ।

चलचित्रमा याकथुङ लिम्बू मुन्धुम अनुसार आफ्नै दाजु केसामी (बाघ) लाई उनकै भाइ नाम्सामी (मान्छे) ले मारेको र बाघको छालाबाट के (च्याब्रुङ) बनाएर बजाएको कथालाई उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा दुई दाजुभाइबिच घमासान लडाइँ भइरहेका बेला आमा  सेरङ्धङ्नाले केसामीका लागि आन्दाङ फुङ (बाबरी फूल) र नाम्सामीका लागि सेक्मुरी फुङ (सिल्लेरी फूल) जगाएको कथा प्रस्तुत गरिएको छ ।

छैटौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२३ मा सर्वोत्कृष्ट फिचर फिल्ममा मनोनीत हुन सफल भएको चलचित्र हाँङनान्दको नेपालमा काठमाडौँ,धरान, दमक हुँदै इटहरीमा समेत विशेष प्रदर्शन भइसकेको छ भने अन्ताराष्ट्रिय स्तरमा हङ्कङका विभिन्न सहरमा प्रदर्शन भइसकेको छ । केही समय पछि कोरिया, युके, सिक्किम लगायतका क्षेत्रमा पनि चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको चलचित्रका निर्देशक विजय संयोक सुब्बाले जानकारी दिए ।

धनकुमारी लिम्बुले निर्माण गरेको चलचित्र हाँङनान्दको कथा हेमन्तकृष्ण पाङ्दाक लिम्बुले लेखेका हुन् । चलचित्रमा हेमन्तकृष्ण पाङ्दाक लिम्बु, सिता तुम्बाहाम्फे,चन्द्रध्वज बेगा,नविन मेन्याङ्वो, उदय सुब्बा,बिनोद पोमो,नुमा लिम्बु,उदय लावति,दिलु सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन दीपक बज्राचार्यले गरेका हुन् भने सम्पादन राजेन्द्र खड्का र चन्दन दत्तले गरेका हुन् ।

Previous Post

चलचित्रकर्मी महासंघ कोशी प्रदेश पदाधिकारी र मुख्य मन्त्री कार्कीबिच भेटवार्ता

Next Post

प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

एक कार्यक्रमका बिच फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

एक कार्यक्रमका बिच फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

२०८०, २३ कार्तिक बिहीबार १९:२१
‘परदेशी २’ले मनायो ५१औँ दिन

‘परदेशी २’ले मनायो ५१औँ दिन

२०८०, २३ कार्तिक बिहीबार १९:२१
प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम

प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम

२०८०, २३ कार्तिक बिहीबार १९:२१
चलचित्रकर्मी महासंघ कोशी प्रदेश पदाधिकारी र मुख्य मन्त्री कार्कीबिच भेटवार्ता

चलचित्रकर्मी महासंघ कोशी प्रदेश पदाधिकारी र मुख्य मन्त्री कार्कीबिच भेटवार्ता

२०८०, २३ कार्तिक बिहीबार १९:२१
सुरु भयो चलचित्र अन्जिलाको छायाङ्कन

सुरु भयो चलचित्र अन्जिलाको छायाङ्कन

२०८०, २३ कार्तिक बिहीबार १९:२१
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पठाउने उद्देश्य सहित लघु चलचित्र ‘द जर्नी अफ डेथ’ छायाङ्कन सम्पन्न 

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पठाउने उद्देश्य सहित लघु चलचित्र ‘द जर्नी अफ डेथ’ छायाङ्कन सम्पन्न 

२०८०, २३ कार्तिक बिहीबार १९:२१
Next Post
प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम

प्रदर्शनमा "दिमाग खराब", उत्साहित निर्माण टिम

Discussion about this post

ताजा अपडेट

एक कार्यक्रमका बिच फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

एक कार्यक्रमका बिच फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

by विशेष अनलाइन
२०८०, २३ कार्तिक बिहीबार १९:२१
0

‘परदेशी २’ले मनायो ५१औँ दिन

‘परदेशी २’ले मनायो ५१औँ दिन

by विशेष अनलाइन
२०८०, २३ कार्तिक बिहीबार १९:२१
0

प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम

प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम

by विशेष अनलाइन
२०८०, २३ कार्तिक बिहीबार १९:२१
0

ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न

ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न

by विशेष अनलाइन
२०८०, २३ कार्तिक बिहीबार १९:२१
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।