BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक २३, २०८०, ७:२१ मध्यान्ह
in FEATURE, चलचित्र
ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न
192
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । लिम्बू समुदायको कथामा आधारित ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न भएको छ । चलचित्र प्रदर्शन अघि पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बाको प्रमुख आतिथ्ययतामा औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री सुब्बाले विभिन्न समुदायको संस्कृति झल्किने ऐतिहासिक चलचित्रले हराउँदै गएको नेपाली संस्कृतिलाई जगाइराख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नेपाल चलचित्रकर्मी महासंघ कोसी प्रदेश अध्यक्ष अरुण कुमार प्रधानले चलचित्र निर्देशक तथा चलचित्र युनिटको अथक प्रयासपछि उत्कृष्ट चलचित्र निर्माण भएको उल्लेख गर्दै चलचित्र हाँङनान्द निर्माण युनिटलाई शुभकामना दिए ।

चलचित्र निर्माणको उद्देश्य बारे प्रकाश पार्दै चलचित्रका निर्देशक विजय संयोक सुब्बाले लिम्बु जातीको आफ्नै संस्कार संस्कृति भएको विषयमा नव पीढीहरूलाई  जानकारी दिन चलचित्र सफल हुने र संस्कार संस्कृतिलाई बचाइ राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा आसावादी रहेको उल्लेख गरे ।

इटहरीको क्यूएफएक्स हलमा राखिएको विशेष सो मा दर्शकको बाक्लो उपस्थिति भएको थियो । सुरुमा क्यूएफएक्सको एउटा हल मात्र रिजर्भ गरिएकोमा दर्शकको अत्यधिक उपस्थितिपछि दोस्रो हल समेत लिएर चलचित्र देखाइएको थियो ।

चलचित्रमा याकथुङ लिम्बू मुन्धुम अनुसार आफ्नै दाजु केसामी (बाघ) लाई उनकै भाइ नाम्सामी (मान्छे) ले मारेको र बाघको छालाबाट के (च्याब्रुङ) बनाएर बजाएको कथालाई उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा दुई दाजुभाइबिच घमासान लडाइँ भइरहेका बेला आमा  सेरङ्धङ्नाले केसामीका लागि आन्दाङ फुङ (बाबरी फूल) र नाम्सामीका लागि सेक्मुरी फुङ (सिल्लेरी फूल) जगाएको कथा प्रस्तुत गरिएको छ ।

छैटौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२३ मा सर्वोत्कृष्ट फिचर फिल्ममा मनोनीत हुन सफल भएको चलचित्र हाँङनान्दको नेपालमा काठमाडौँ,धरान, दमक हुँदै इटहरीमा समेत विशेष प्रदर्शन भइसकेको छ भने अन्ताराष्ट्रिय स्तरमा हङ्कङका विभिन्न सहरमा प्रदर्शन भइसकेको छ । केही समय पछि कोरिया, युके, सिक्किम लगायतका क्षेत्रमा पनि चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको चलचित्रका निर्देशक विजय संयोक सुब्बाले जानकारी दिए ।

धनकुमारी लिम्बुले निर्माण गरेको चलचित्र हाँङनान्दको कथा हेमन्तकृष्ण पाङ्दाक लिम्बुले लेखेका हुन् । चलचित्रमा हेमन्तकृष्ण पाङ्दाक लिम्बु, सिता तुम्बाहाम्फे,चन्द्रध्वज बेगा,नविन मेन्याङ्वो, उदय सुब्बा,बिनोद पोमो,नुमा लिम्बु,उदय लावति,दिलु सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन दीपक बज्राचार्यले गरेका हुन् भने सम्पादन राजेन्द्र खड्का र चन्दन दत्तले गरेका हुन् ।

Previous Post

चलचित्रकर्मी महासंघ कोशी प्रदेश पदाधिकारी र मुख्य मन्त्री कार्कीबिच भेटवार्ता

Next Post

प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

पुस २९, २०८२, १०:२५ मध्यान्ह
‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

पुस २९, २०८२, ९:१३ मध्यान्ह
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

पुस २८, २०८२, ९:४० मध्यान्ह
नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

पुस २८, २०८२, ८:१६ मध्यान्ह
‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

पुस २८, २०८२, ७:२० मध्यान्ह
सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

पुस २७, २०८२, ७:५६ मध्यान्ह
Next Post
प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम

प्रदर्शनमा "दिमाग खराब", उत्साहित निर्माण टिम

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

by विशेष अनलाइन
पुस २८, २०८२, ८:१६ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।