विशेष अनलाइन । प्रदर्शनरत चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स नै परिवर्तन गरिएको छ । चलचित्र हेरेर फर्किएका अधिकांश दर्शकले यसको क्लाइमेक्स अपूर्ण भएको भन्दै निर्माणपक्षसँग असन्तुष्टि जनाए पछि चलचित्रको क्लाइमेक्स परिवर्तन गरिएको हो ।
अब, दर्शकले परिवर्तन भएको क्लाइमेक्ससहित चलचित्र हेर्न पाउनेछन् । दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरिएको चलचित्रकी निर्देशक रेनशा वान्तवा राईले बताएकी छिन् । क्लाइमेक्स परिवर्तन गरेर चलचित्र हलमा लागेपछि दर्शकले धन्यवाद दिएको रेनशाले बताइन् ।
उनले भनिन्–‘हामीले दर्शकको मागलाई ध्यानमा राखेर चलचित्रको क्लाइमेक्समा परिवर्तन गरेका छौँ । परिवर्तित क्लाइमेक्सलाई दर्शकले मन पराउनुभएको छ । दर्शकले चलचित्रलाई पूर्ण रूपमा मन पराउनुभएको छ । क्लाइमेक्समा आएको गुनासोलाई समेत हामीले परिवर्तन गरेका छौँ ।’
आई एम ट्वान्टी वान’ले औसत व्यापार गरेको छ । क्लाइमेक्स परिवर्तनसँगै चलचित्रको व्यापार बढ्नेमा निर्माण पक्ष आसावादी देखिएको छ । चलचित्रमा हिप(हप नृत्यमा सफल हुन सपना देखेको प्रमुख पात्रले परिवारको अवरोधको बाबजुद कसरी लक्ष्य प्राप्तिका लागि सङ्घर्ष गर्छ भन्ने कथावस्तु समेटिएको छ । चलचित्रमा सुशान्त प्रजापतिको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन, निर्देशक रेनशा र सोमनाथ खनालको संवाद छ ।
चलचित्रमा धीरज मगरको, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राईलगायतका कलाकारको अभिनय छ ।
Discussion about this post