BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र पत्रकार संघ सुनसरीले तिन दिने चलचित्र पत्रकारिता कार्यशाला गर्ने

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ ८, २०८०, ९:३३ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र पत्रकार संघ सुनसरीले तिन दिने चलचित्र पत्रकारिता कार्यशाला गर्ने
56
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन ।  चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाले तीन दिने चलचित्र पत्रकारिता कार्यशालाको आयोजना गर्ने भएको छ। चलचित्र पत्रकार संघ नेपालको २४ औ स्थापना दिवसको अवसरमा शाखाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सुनसरी शाखाले चलचित्र विकास बोर्डको सहयोगमा तीन दिने कार्यशालाको आयोजना गर्ने घोषणा गरेको हो । शाखाले सोही कार्यशालाको अन्तिम दिन २ जना  रङ्ग पत्रकारहरु तथा एक जना कलाकारलाई समेत नगद सहित सम्मान गर्ने घोषणा गरेको छ । आफ्नो पहिलो वार्षिक उत्सव सप्ताह व्यापी कार्यक्रम गरेर भव्यताका साथ मनाएको सुनसरी शाखाले यस वर्ष भने पत्रकारबिचको सम्बन्धलाई सुदृढ बनाउने उद्देश्य सहित सुनसरीका पत्रकारहरूको उपस्थितिमा केक काटेर २४ औ स्थापना दिवस मनाएको हो ।

यस पटक पनि विविध कार्यक्रमहरू गर्ने तयारी थियो तर तत्काल ३ दिनको कार्यशाला गर्नु पर्ने भएका कारण विविध कार्यक्रमलाई छोट्याइएको हो चलचित्र पत्रकार संघ सुनसरीका अध्यक्ष विनोद विश्वकर्माले भने । सुनसरी शाखाले आउँदो ज्येष्ठ २१,२२ र २३ गते गरी तिन दिन गरिने कार्यशालालाई भने भव्य बनाउने तयारी गरेको छ । सोही कार्यक्रममा कलाकार तथा पत्रकार सम्मान पनि गरिने शाखाका उपाध्यक्ष मनोज दाहालले जानकारी दिए । सुनसरीमा रहेर लामो समय रङ्ग पत्रकारिता गरेका एक जना, तथा पछिल्लो पुस्तमा उत्कृष्ट रङ्ग पत्रकारिता गर्दै गरेका एक जना गरी २ जना रङ्ग पत्रकारहरुलाई नगद सहित सम्मान गरिने छ । यस्तै लामो समय कलाकारिताको क्षेत्रमा योगदान गर्ने एक जना कालाकारलाई समेत सम्मान गरिने शाखाका सचिव सुमन भट्टराईले जानकारी दिए ।  कार्यशालामा मनोरञ्जन विधालाई केन्द्रित गर्दै आधुनिक प्रविधिको प्रयोगबाट पत्रकारिता गर्न सिकाइने छ ।

नेपाल पत्रकार महासंघ सुनसरीको सभा हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ॠषि राईले चलचित्र पत्रकार र अन्य बिटका पत्रकारहरूबिच समन्वय हुन जरुरी रहेको बताए । उनले चलचित्र पत्रकारहरूलाई स्थानीय चलचित्र पर्यटनलाई जोड्न समेत आग्रह गरे । शाखाका सल्लाहकार समेत रहेका महासङ्घका केन्द्रीय सदस्य एवम् निर्देशक भीषण राईले सुनसरीमा चलचित्र पत्रकार संघ सक्रिय रहेको उल्लेख गर्दै आगामी दिनमा चलचित्र विकासको लागि अझै सशक्त ढङ्गले लाग्न आग्रह गरे ।

पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठ शाखालाई शुभकामना दिदै चलचित्रको बजार प्रवर्धन गर्न चलचित्र पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आगामी दिनमा चलचित्र पत्रकारिताको विकासको लागि पत्रकारहरूलाई क्षमता विकास सम्बन्धी विविध कार्यक्रमहरू आयोजना गर्न आग्रह गरे । पत्रकार गोपाल कामतले चलचित्र पत्रकारिता चलचित्रमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै मनोरञ्जन क्षेत्रका विविध कुराहरूलाई पनि रङ्ग पत्रकारहरुले समेट्न आवश्यक रहेको उल्लेख गरे ।

२०७७ फागुन १९ गते स्थापना भएको चलचित्र पत्रकार संघ सुनसरी शाखाले विभिन्न समयमा विविध कार्यक्रमहरु गर्दै आएको छ ।  स्थापनाको छोटो अवधिमा तीन दिने चलचित्र पत्रकारिता कार्यशाला, पत्रकारहरूबिच मैत्रीपूर्ण फुटसल, कलाकार सम्मान लगायतका विविध कार्यक्रमहरू गरिसकेको छ । आउने दिनमा पनि विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिँदै अघि बढ्ने शाखाले जनाएको छ ।

Previous Post

प्रदर्शनरत चलचित्र  ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स नै परिवर्तन

Next Post

‘नाङ्गो गाउँ’ मा नेता बन्दै दयाहाङ

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

माघ २९, २०८२, १०:३० मध्यान्ह
बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

माघ २९, २०८२, १०:०९ मध्यान्ह
निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

माघ २८, २०८२, १०:०२ मध्यान्ह
‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

माघ २८, २०८२, ९:२४ मध्यान्ह
Next Post
‘नाङ्गो गाउँ’ मा नेता बन्दै दयाहाङ

‘नाङ्गो गाउँ’ मा नेता बन्दै दयाहाङ

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

by विशेष अनलाइन
फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
0

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

by विशेष अनलाइन
फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
0

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

by विशेष अनलाइन
माघ २९, २०८२, १०:३० मध्यान्ह
0

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

by विशेष अनलाइन
माघ २९, २०८२, १०:०९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।