बिशेष अनलाइन । कलाकार तथा प्राविधिक श्याम गरीको छोराको उपचार नोवेल मेडिकल कलेजमा निशुल्क हुने भएको छ । गरीका ९ महिनाका छोरालाई डेङ्गु तथा निमोनिया भएर अस्पताल भर्ना गरिएको थियो ।
न्युन आर्थिक अवस्थाका कारण उपचार खर्चका लागि गिरीले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरे पछि चलचित्रकर्मी महासंघ प्रदेश १ ले रकम संकलन अभियान सुरु गरेको थियो । महासंघकै पहलमा डा. सुनिल शर्माले बालकको सम्पुर्ण उपचार निशुल्क गर्ने उद्घोष गरेका हुन् ।
गिरीको अर्थिक अवस्थाका विषयमा डा. सुनिल शर्मालाई जानकारी गराएपछि बालकको उपचार खर्च आफुले व्येहोर्ने वचन दिएको चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए ।
उर्लावारी निवासी बालकलाई उपचारका लागि सुरुमा उर्लाबारीकै एक निजि अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएपछी बिराटनगर स्थित नोवेल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
महासंघको पहलमा उपचार निशुल्क हुने भए पछि आफुलाई ठुलो राहत मिलेको कलाकार तथा प्रविधिक गिरीले बिशेष अनलाइनलाई जानकारी दिए । डा. शुनिल शर्मा यतिबेला मोरङ क्षेत्र न.३ मा संयुक्त लोकतान्त्रीक बाम गठबन्धनका तर्फबाट प्रतिनिधि शमा सदस्यको उमेद्धार छन् ।
Discussion about this post