बिशेष अनलाइन । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले नेपाल चलचित्र निर्माता संघका नव निर्वाचित प्रदेश १ का चलचित्रकर्मीहरुलाई सम्मान गर्ने भएको छ ।
नजिकिदै गरेको विजया दशमीको उपलक्षमा शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरी प्रदेश १ बाट नेपाल चलचित्र निर्माता संघमा निर्वाचित अध्यक्ष नवल खड्का, उपाध्यक्ष उदय सुब्बा र कोषाध्यक्ष ज्योतिराज राइलाई सम्मान गर्न लागिएको महासंका अध्यक्ष अरुण कुमार प्रधानले बिशेष अनलाइनलाई जानकारी गराए ।
नेपाल चलचित्र निर्माता संघको अध्यक्ष, अपाध्यक्ष तथा कोषाध्यक्ष नै प्रदेश १ को भएका कारण चलचित्रकर्मी महासंघ उत्साहित भएको र कार्यसम्पादनमा हौसला बढाउने उद्देश्य सहित निर्वाचित प्रदेश १ का चलचित्रकर्मीलाई सम्मान गर्न लागिएको अध्यक्ष प्रधानको भनाई थियो ।
इटहरी म्याट्रिक्समा असोज १५ गते सनिवार आयोजना हुन लागेको कार्यक्रममा कलाकार रमेश बुढाथोकी लगायत प्रदेश १ का बिभिन्न कलाकर्मीहरुको उपस्थिति रहने महासंघका कार्यसमिति सदस्य तथा कार्यक्रमका सहसंयोजक रितेश जंग खत्रीले जानकारी दिए ।
चलचित्रकर्मी महासंघले विजया दशमीको अवसर पारेर प्रत्यक वर्ष शुभकामना आदन प्रदान तथा सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ ।
Discussion about this post