बिशेष अनलाइन । नेपाली चलचित्रको सिक्वेल बन्नु कुनै नौलो कुरा हैन । अझै नेपाली चलचित्रको परिवेशलाई हेर्दा सिक्वेलका रुपमा निर्माण भएका चलचित्रलाई दर्शकले रुचाउने गरेका छन् । यसै बिच चलचित्र प्रसाद सफल भएपछि अब उक्त चलचित्रको सिक्वेल निर्माण हुने भएको छ । चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ।
काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो। दिनेश राउतले निर्देशन गरेको प्रसादको सिक्वेललाई भने सुदर्शन थापाले निर्देशन गर्दैछन्।
नेपालमा धेरै चलचित्रको सिक्वेल बन्न थालेको छन्। तर, ति सिक्वेलले भिन्न कथावस्तु प्रस्तुत गर्ने गरेका छन् । प्रसाद चाहिँ वास्तविक सिक्वेल हो,ु कार्यक्रममा बोल्दै निर्देशक थापाले भने,
चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य भूमिका रहनेछ। यो चलचित्रबाट निश्चल बस्नेत बाहिरिएका छन् भने उनको स्थानमा अर्पण थापालाई अनुबन्ध गराइएको छ। अन्य कलाकारहरुमा राज कटुवाल, कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारीलगायत कलाकारको अभिनय रहनेछ।
सुशील पौडेलको लेखनमा बन्ने यो चलचित्रबाट केशव पाण्डेले चलचित्र निर्माणमा हात हालेका छन्।
Discussion about this post