बिशेष अनलाइन । अभिनेत्री निता ढुङ्गानाले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्व दीर्घ’मा चर्चीत दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम अनुबन्ध भएका छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’का लागी ब्रह्मानन्दमले महंगो पारिश्रमिकमा सम्भौता गरेको बताइएको छ ।
हास्य अभिनयबाट चर्चित ब्रह्मानन्दमले संसारमै सबभन्दा धेरै फिल्म खेल्ने जीवित कलाकारका रूपमा गिनिज वर्ल्ड रेकर्ड राखेका छन्। सन् ८० दशकको मध्ययता तमिल र तेलुगू भाषामा बनेका प्रायः चलचित्रहरुमा उनले अभिनय गर्दै आएका छन्।
यसअघि ‘ह्रस्व दीर्घ’मा अन्य भारतीय कलाकारहरू सुनिल वर्मा, प्रदीपराज रावत र अली अनुबन्धित भइसकेका छन्। सुनिल वर्मा आफ्नो पछिल्लो चलचित्र पुष्पा बाट चर्चामा छन्। पुष्पालाई नेपालमा पनि निकै रुचाइएको थियो । यता प्रदीपराज रावत बलिउड चलचित्र गजिनीमा खलनायकको भूमिकामा प्रस्तुत भएका थिए । उक्त चलचित्रबाट उनले निकै चर्चा कमाएका थिए भने अली दक्षिण भारतीय चलचित्रका चर्चित हास्य कलाकार हुन्।
नीता फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’ मा ब्रह्मानन्दम अनुबन्धित भएसँगै चलचित्रको चर्चा चुलिएको छ । अभिनेत्री नीता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको चलचित्रमा नीतासँगै ज्योतिषी अभिनेता हरिहर अधिकारीसँगै सरोज खनाल र सलोन बस्नेत पनि मुख्य भुमिकामा रहनेछन् ।
चलचित्र लाई वलिउड सिनेमाटोग्राफर कवीरलालले खिच्ने पक्का भइसकेको छ । नेपाल र भारतमा खिचिने ‘ह्रस्व दीर्घ’मा धनन्जय घलानी कास्टिङ डाइरेक्टर छन् । चलचित्र दशैंपछी फ्लोरमा जाने बताइएको छ ।
Discussion about this post