BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

बिराटचोक र केराबारीमा ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो हुँदै

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक ९, २०८१, ८:१३ मध्यान्ह
in FEATURE, चलचित्र
बिराटचोक र केराबारीमा ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो हुँदै
105
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । लिम्बू समुदायको कथामा आधारित ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको बिराटचोक र केराबारीमा विशेष सो गरिने भएको छ । कार्तिक १० गते शनिवार बिहान ९ बजे र १०:३० बजे बिराट सिने हल, बिराटचोकमा र दिउसो २ बजे बन्धु पार्टी प्यालेस केराबारीमा चलचित्र प्रदर्शन गरिने चलचित्रका अभिनेता  हेमन्तकृष्ण पाङ्दाक लिम्बुले विशेष अनलाइनलाई जानकारी दिए ।

बिराटचोकको विशेष सोको आयोजना बिन्द्रा छाहराङ पङ्धाक र गणेश पङ्धाकले गरेका हुन् भने केराबारीमा हुने विशेष सो को आयोजना मिलन सुबेदी बाटाघरे माइलाले गरेका हुन् । चलचित्र हाँङनान्दको यस अघि धरान, इटहरी, धनकुटा लगायतका विभिन्न क्षेत्रमा विशेष सो गरिसकिएको र सो बाट दर्शक उत्साहित भएको चलचित्रका लेखक समेत रहेका हेमन्तकृष्ण पाङ्दाक लिम्बुले जानकारी दिए ।

बिजय सान्योक सुब्बाले निर्देशन गरेको चलचित्रमा याकथुङ लिम्बू मुन्धुम अनुसार आफ्नै दाजु केसामी ‘बाघ’ लाई उनकै भाइ नाम्सामी  ‘मान्छे’ ले मारेको र बाघको छालाबाट के  ‘च्याब्रुङ’ बनाएर बजाएको कथालाई उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा दुई दाजुभाइबिच घमासान लडाइँ भइरहेका बेला आमा  सेरङ्धङ्नाले केसामीका लागि आन्दाङ फुङ  ‘बाबरी फूल’ र नाम्सामीका लागि सेक्मुरी फुङ  ‘सिल्लेरी फूल’ जगाएको कथा प्रस्तुत गरिएको छ ।

छैटौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२३ मा सर्वोत्कृष्ट फिचर फिल्ममा मनोनीत हुन सफल भएको चलचित्र हाँङनान्दको नेपालमा काठमाडौँ,धरान, दमक हुँदै इटहरीमा समेत विशेष प्रदर्शन भइसकेको छ भने अन्ताराष्ट्रिय स्तरमा हङ्कङका विभिन्न सहरमा प्रदर्शन भइसकेको छ । केही समय पछि कोरिया, युके, सिक्किम लगायतका क्षेत्रमा पनि चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको चलचित्रका निर्देशक विजय संयोक सुब्बाले जानकारी दिए ।

धनकुमारी लिम्बुले निर्माण गरेको चलचित्र हाँङनान्दको कथा हेमन्तकृष्ण पाङ्दाक लिम्बुले लेखेका हुन् । चलचित्रमा हेमन्तकृष्ण पाङ्दाक लिम्बु, सिता तुम्बाहाम्फे,चन्द्रध्वज बेगा,नविन मेन्याङ्वो, उदय सुब्बा,बिनोद पोमो,नुमा लिम्बु,उदय लावति,दिलु सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन दीपक बज्राचार्यले गरेका हुन् भने सम्पादन राजेन्द्र खड्का र चन्दन दत्तले गरेका हुन् ।

Previous Post

‘पूर्ण बहादुरको सारङ्गी’को दोहोरी ब्याटल ‘रैया चाँदीको’

Next Post

हलको बिकल्प खोज्ने बताएका निश्चलले ओटीटीमा रिलिज गरे ‘बेहुली फ्रम मेघौली’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
Next Post
हलको बिकल्प खोज्ने बताएका निश्चलले ओटीटीमा रिलिज गरे ‘बेहुली फ्रम मेघौली’

हलको बिकल्प खोज्ने बताएका निश्चलले ओटीटीमा रिलिज गरे ‘बेहुली फ्रम मेघौली’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
0

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
0

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
0

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।