विशेष अनलाइन । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक गरिएको छ । गीतमा गज्जवको ‘दोहोरी ब्याटल’ देख्न सकिन्छ । आशिष अविरलको स्वर तथा संगीत रहेको गीतमा आशिषलाई गायीका मेलिना राइले साथ दिएकी छन् । गीत नवराज पन्तले लेखेका हुन् । गीतको भिडियोमा भने चलचित्रका मुख्य कलाकार विजय बराल, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइलीलाई प्रस्तुत गरिएको छ ।
ब्याटलमा महिला र पुरुषका दुई टिम बनाइएको छ। महिला टिमले जिते अन्जना बराइलीको घरमा विजय बराल हली बस्नुपर्ने र पुरुष टिमले जिते विजयसँग अञ्जनाले बिहे गर्नुपर्ने सर्त सहित ब्याटल सुरु गरिएको छ ।
सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय, मुकुन, अञ्जना ,बुद्धिका अलावा प्रकाश सपूत, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला लगायतको अभिनय छ । चलचित्र यही कात्तिक १५ गतेबाट प्रदर्शनको तयारीमा छ ।
सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल हुन् । चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् ।
चलचित्र गन्धर्व समुदायको जीवन र सामाजिक कथावस्तुमा इर्माण गरिएको छ ।
Discussion about this post