BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

म्याजिक हलको पुर्नजन्म

 पर्शुराम भन्छन् कुरा काट्नेले काटिरहे म अघि बढिरहेँ

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन ११, २०७८, ९:५९ मध्यान्ह
in FEATURE, चलचित्र
म्याजिक हलको पुर्नजन्म
68
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । एकाएक दनदन दन्किएको आगो देख्दा लाग्थ्यो नेपाली चलचित्र नगरीले अब एउटा दरिलो खम्बा गुमायो । आगोको मुस्लो हेर्न आएका धेरैले आफ्नै आफ्नै अड्कलबाजी गरिरहे । पर्शुराम चौधरी अब सडकमा आए,बिमा गरेकै होला क्षतिपूर्ति पाइहाल्छन् नी, लकडाउन भएको थियो त्यसैले कतै आफै आगो लगाएको त हैन ?, हल चलाउन सकेनन् अनि बिमा रकमका लागि आफै आगो लगाए क्यारे…..अड्कलबाजी आफ्नै आफ्नै थिए । यता करोडौको क्षतिको पिडा उनलाई मात्रै थियो, जस्ले अबको बाटो मात्रै अन्धकार देखिरहेका थिए ।

एकातिर आगोको मुस्लोले करोडौको क्षति गरिरहेको थियो । अर्कातिर मनको आगोले शरिरमा अशंख्य पिडा दिएको थियो । उनी आफैलाई लाग्दै थियो, सयद अब चलचित्र नगरीको यात्रा यति नै रहेछ । त्यसमाथि बिभिन्न अड्कलबाजीहरुले उनको त्यो मनमा बलेको आगोलाई थप मलजल गरिरहेको थियो । लामो समय देखि हिड्दै आएको बाटोमा दोवाटो आइपुगेर अलमल्ल परेको बटुवाको अवस्थामा आइपुगेका थिए पर्शुराम चौधरी ।

दुनियामा सबै नकारात्मक मात्र पक्कै हुदैन । लामो समयसम्मको चलचित्र सहयात्रामा दुख अनि शुखमा साथ दिने धेरै सहयात्री कमाएका थिए उनले । पर्शुराम तिमी फेरी उठ्नुपर्छ । तिम्रो यात्रा अझै लामो छ । चलचित्र नगरीलाई तिमीजस्तो पुर्ण व्यक्तिको धेरै खाचो छ । निरन्तर हिडिरहेको यात्रीलाई कहिलेकाही ठेस लाग्न सक्छ,त्यस्ता झिना कुराहरुलाई पन्छाउनु पर्छ, तिमी फेरी आउनुपर्छ । तिम्रो साथमा लाखौ शुभचिन्तक छन् । दर्शकले पहिलेको भन्दा अत्याधुनिक चलचित्र घरको प्रतिक्षा गरिरहेका छन् …..शुभचिन्तकका यस्तै यस्तै हौसलापूर्ण वचनले चौधरीलाई थप हौसला मिल्यो । भित्रभित्रै मैले अझै धेरै काम गर्न बाकी छ भन्ने महशुष गर्न थाले ।

जस्ले जे भने पनि बिमा गरेको छ, त्यहीबाट आएको रकममा आफुले थप गरी पुन चलचित्र हल नै निर्माण गर्छु, उनी जोसिए । पुन चलचित्र हल निर्माण गर्ने अठोटमा लागे । कुरा काट्नेहरुले कुरा काटिरहे । अड्कलबाजी गर्नेहरुले आफ्नै आफ्नै तर्क गरिरहे । उनी निरन्तर अघि बढे । परिवार,इष्टमित्र लागायतबाट हौसला पाए । उनी त्यतिबेला पुन एकपटक छागाबाट खसे, जब बिमा कम्पनीले चलचित्र हल भित्रको सामानको नभइ म्याजिक सिनेमा हलको भवनको मात्र बिमा भएको र उक्त रकम भुक्तानी हुन नसक्ने कुरा उल्लेख गरे । क्षति भएको प्रमाण बोकेर उनी झिनो आस लिएर पटक पटक बिमा कम्पनी धाए । तर, उनको केही लागेन । आफ्नो करोडौको क्षति भएको प्रमाण सहित वडा कर्यालय,नगरपालिका,प्रदेश मन्त्रालय हुदै कयौँपटक कन्द्रिय मन्त्रालय नधाएका हैनन् पर्शुरामले । तर कुनै मातहतले पनि उनको कुरा सुन्ने प्रयास सम्म गरेनन्, क्षेतिपूर्ति दिनु त धेरै परको कुरा ।

उनले फेरी एकपटक हारेको महशुष गरे । भनिन्छ जाहाँ समस्या त्याहा उपाए हुन्छ । उनका छोरा बुहारी श्रीमति अनी वृद्ध अवस्थाका बुबाआमाले हौसला दिए । जे नहुनुपथ्र्यो त्यो भइसक्यो । अब सबैकुरा बिर्सिएर पुन अघि बढ्नुपर्छ । तिम्रो समथमा हामी छौ । तिमी अघि बढ । परिवारका सदस्यले पुर्ण साथ दिए पछि उनी फेरी चलचित्र हल निर्माणका निमित्त अघि बढे । साथमा पैसा थिएन । रिण लिनु नै थियो । रिण लिएर भए पनि उनी चलचित्र हल निर्माणमा अघि बढे । दिनरात नभनी मेहेनत गरे ।

अन्तत छोटो समयको अन्तरालमा उनी अत्याधुनिक चलचित्र हल निर्माण गर्न सफल भए । पहिलेको भन्दा उत्कृष्ट सामानको प्रयोगमा पहिलेको भन्दा उत्कृष्ट चलचित्र हल निर्माण गर्न सफल भए । पुणरुपमा जलेर नस्ट भएको करिव साढे ४ महिनाको अन्तरालमा उनी पुन चलचित्र हल पुननिर्माण गर्न सफल भएका हुन् । उनी भन्छन्, यति छोटो समयमा यति धेरै काम हुन्छ भन्ने लागेकै थिएन । तर सबैको आशिर्वादले पुन म्याजिक हल जन्मिएको छ । माया मारेको सन्तान निको भएर घर फर्किएको अनुभुति भएको छ ।

पहिले २५ फिट पर्दा भएकोमा हाल पुन निर्माण गर्दा बढाएर २८ फिट बनाइएको छ । पहिलेको भन्दा स्तरोन्नति गरी १७० सिट निर्माण गरिएको छ । पहिले १२ वटा स्पिकर भएकोमा हाल शंख्या बढाएर १८ वटा बनाइएको छ भने हाल सबै पार्टहरुको बिमा पुर्णरुपमा गरिएको छ ।

झण्डै सवा २ करोड लगानी गरेर उनी फेरी चलचित्र नगरीमा होमिएका छन् । फेरी सबै कुरा बिस्तारै लयमा आउना थालेको अनुभुति गर्न थालेका छन् । कोरोना भाइरस कम हुदै जादा अब निरन्तर चलचित्र प्रदर्शन गर्ने तायरीका साथ चलचित्र प्रदर्शन सुरु गरिएको छ ।

Previous Post

जाहेरीपछि ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा सहभागी भएनन् पल

Next Post

शिवरात्रीमा दर्शकलाई फणिन्द्रको उपहार ‘तिम्रै भजन गर्छु शम्भो’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

पुस २९, २०८२, १०:२५ मध्यान्ह
‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

पुस २९, २०८२, ९:१३ मध्यान्ह
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

पुस २८, २०८२, ९:४० मध्यान्ह
नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

पुस २८, २०८२, ८:१६ मध्यान्ह
‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

पुस २८, २०८२, ७:२० मध्यान्ह
सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

पुस २७, २०८२, ७:५६ मध्यान्ह
Next Post
शिवरात्रीमा दर्शकलाई फणिन्द्रको उपहार ‘तिम्रै भजन गर्छु शम्भो’

शिवरात्रीमा दर्शकलाई फणिन्द्रको उपहार ‘तिम्रै भजन गर्छु शम्भो’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

by विशेष अनलाइन
पुस २८, २०८२, ८:१६ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।