बिशेष अनलाइन । निर्देशक सम्राट बस्नेतको निर्देशनमा चलचित्र ‘लाखे’ बन्ने भएको छ । को तयारीमा छन् । चलचित्रमा लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भइसकेमा छन् ।
अन्य कलाकार पनि छनोट हुने क्रममा रहेको निर्देशक बस्नेतले जानकारी दिएका छन् । बाँकी कलाकारहरु भने अडिसनमार्फत् छनोट गर्ने तयारी निर्माण युनिटले गरेको छ । चलचित्र ‘लाखे’का लागि मुख्य अभिनेत्री पनि अडिसन मार्फत छनोट गरिने बताइएको छ । चलचित्रमा मुख्य अभिनेत्री बन्नका लागि लागि १८ देखि २४ बर्षसम्मको हुने पर्ने छ ।
यस्तै चलचित्रका लागि ८ देखि १० वर्षको एक बालकलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला सहायक कलाकार र २६ देखि ५० वर्षसम्मका १० पुरुष सहायक कलाकार अडिसन मार्फत छनोट गरिने छ । मंसिर १८ गते कान्तिपुर फिल्म एकेडेमीमा अडिसन राखिएको निर्देशक बस्नेतले बिशेष अनलाइनलाई जानकारी दिएका छन् । निर्देशक बस्नेतले यसअघि चलचित्र ‘पासवर्ड’ निर्देशन गरेका थिए ।
चलचित्र ‘लाखे’को कथा सिजन अर्यालले लेखेका हुन् । अर्यल चलचित्रका निर्माता समेत हुन् । चलचित्र ‘लाखे’ ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सन प्रालिको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो ।
Discussion about this post