BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

यी कलाकार, जो अमेरिका बसाइको अन्त्य गर्दै नेपाल फर्किए

विशेष अनलाइन by विशेष अनलाइन
अशोज ७, २०७८, २:०६ मध्यान्ह
in FEATURE, चलचित्र
यी कलाकार, जो अमेरिका बसाइको अन्त्य गर्दै नेपाल फर्किए
101
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपालमा धेरै त्यस्ता कलाकारहरु छन् जो राम्रोसँग कलाकारिता क्षेत्रमा स्थापित नहुदै विदेश पलायन हुने गर्छन । पलायन हुने कालाकारहरुमा पुरुषको तुलनामा महिला कलाकारहरु अझै धेरै हुने गरेका छन् । कतिपय कलाकारहरुले त कलाकारिता क्षेत्रलाई ठुला देशहरुमा सहजरुपले जाने एउटा माध्यम बनाएका उदाहरणहरु पनि धेरै छन् ।

कतिपय त्यस्ता कलाकारहरु पनि छन्, जो कलाकारिता क्षेत्रमा स्थापित भइसकेपछि पनि यो क्षेत्रलाई बिर्सिएर पलायन भएका छन् ।कतिपय कलाकारहरु बिदेश भएर पनि कलाकारिता क्षेत्रका बिषयमा जानकारी राखिरहने गर्छन् । बिशेषगरिी अधिकांश नेपाली कलाकारहरुको रोजाइमा अन्य देश भन्दा अमेरिका नै पहिलो नम्वरमा पर्ने गरेको छ ।

यदि गन्ने नै हो भने पनि हजारौँको संख्यामा नेपाली कलाकारहरु कलाकारिता हुदै अमेरिका प्रस्थान गरेका छन् । अनि यही हजारौँ कलाकारहरुका भिडमा केही यस्ता कलाकारहरु पनि छन्,जो लामो समयको अमेरिका बसाइलाई अन्त्य गर्दै स्वदेश फर्किएर पनि कलाकारिता क्षेत्रमा नै सकृया भएका छन् ।

आज हामी लामो समय अमेरिका बसाईलाई अन्त्य गर्दै नेपाल फर्किएर पुन नेपाली कलाकारिता क्षेत्रमा नै सकृय रहेका केही कलाकर्मीहरुको चर्चा गर्देछौँ ।

Rajaram Paudel

राजाराम पौडेल
लामो समयको अमेरिका बसाइलाई सधैका लागि अन्त्य गरेर नेपाल फर्किएका कलाकारहरु मध्यका एक हुन् राजाराम पौडेल । कोरोना भाइरस आउनुपुर्व निकै व्यस्त हास्यकलाकारका रुपमा आफुलाई चिनाउन सफल भएका पौडेल करिब ७ वर्षको अमेरिका बसाइपछि नेपाल फर्किएर आएका थिए । उनलाई नेपाली दर्शकले नेपाली टेलिचलचित्र जीरे खुर्सानीबाट चिनेका थिए।

उनी अमेरिका जादा नेपालमा द्वन्द्वकाल चलिरहेको थियो । कलाकारिता क्षेत्रलाई नै भगवान मान्दै हिडेका पौडेललाई आफ्नो छोराको भविश्यको उत्तिकै चिन्ता थियो । छोरोको भविश्य सम्झिएर बेला बेला झस्किेन गरेका राजाराम पौडेलले अन्तत सबैकुरालाई माया मारेर केही समयका लागि अमेरिका जाने निर्णय गरे ।

अमेरिका गएर उनी छोराको साथमै रहन थाले । अमेरिकामा छोराको अध्ययन नसक्किउन्जेल साथमै बसेका राजारामले छोराको अध्ययन पुरा भएपछि भने छोरालाई अष्टेलिया पठाए । उनी अमेरिका बसेपनि नेपालको कलाकारिता क्षेत्रलाई सम्झि रहन्थे । एकदिन पुन नेपाल फर्किएर कलाकारिता क्षेत्रमा नै रमाउने पौडेलको चाहाना थियो ।

जब छोरालाई अमेरिकाबाट नै अष्टेलियातिर पठाए त्यसपछि भने उनी अमेरिकामा रहिरहन सकेनन् । नेपाल नै फर्कने निर्णय गरे । अन्तत राजाराम अमेरिकाबाट नेपाल फर्किए र कलाकारिता क्षेत्रमा नै सकृय भए । पछिल्लो समय राजाराम विभिन्न ठूला तथा साना पर्दाका चलचित्रहरुमा निकै व्यस्त रहेका छन् । पछिल्लो समय छायांकन हुने अधिकांश चलचित्रहरुमा राजाराम पौडेललाई कमेडी पात्रकारुपमा प्रस्तुत गर्ने गरिएको छ ।

gauri malla

गौरी मल्ल
एक समय नेपाली चलचित्र नगरीमा आफुलाई निकै व्यस्त राख्न सफल अभिनेत्री मध्यकी एक हुन् गौरी मल्ल । धेरैले उनलाई नेपाली चलचित्र नगरीकी महानायिका घोषणा गर्नुपर्ने समेत बताउने गरेका छन् । अभिनेत्री मल्ल पनि नेपाली चलचित्र नगरीमा केही फुर्सदिलो हुन थालेपछि अमेरिका तिर लागेकी थिइन् । लामो समयको अमेरिका बसाइपछि पुन उनी नेपाल फर्किएकी हुन् ।

एक समय सबैको रोजाईमा पर्ने अभिनेत्री मल्लले धेरै नेपाली चलचित्रहरुका साथै र केही विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन् । अभिनेत्री मल्लले सन् २००२ मा नेपालको ‘मोसन पिक्चर अवार्ड’ प्राप्त गरेकी थिइन् ।

त्यस्तै नेपालमा २००३ मा पहिलोपटक भएको लक्स फिल्म अवार्डमा उनले ‘उत्कृष्ट सहायक अभिनेत्री’को अवार्ड पनि प्राप्त गरेकी थिइन् । अमेरिकाबाट नेपाल फर्किएपछि उनी पुन कलाकारिता क्षेत्रमै सकृय भएर लागिरहेकी छिन् । अभिनेत्री मल्ललाई नृत्यमा निकै रुचाइएको थियो । केही समयअघि सम्पन्न रियालिटि शो डान्सिङ विथ स्टारको निर्णायकका रुपमा समेत अभिनेत्री मल्ल प्रस्तुत भएकी थिइन् ।

saroj khanal

सरोज खनाल
“अमेरिकामा सरोज खनाल ए लैलै नेपालमा राजेश हमाल” नेपालमा यो गितले चर्चा पाउदै गर्दा अभिनेता सारोज खनाल अमेरिका बस्दै आएका थिए । नेपाली चलचित्र नगरीमा स्थापित भइसकेपछि उनी अमेरिका पलायन भएका थिए । अमेरिकाको लामो बसाइपछि पुन नेपाल फर्किएका कलाकार खनाल पछिल्लो समय भने चलचित्र नगरीमा नै सकृय रहदै आएका छन् ।

अमेरिका बसाइलाई बिट मार्दै नेपाल फर्किनासाथ उनी कलाकारिता क्षेत्रमा सकृय भएकार लागेका थिए । अभिनेता खनालले नेपाली चलचित्र विजय पराजय बाट नेपाली चलचित्र नगरीमा डेब्यु गरेका थिए । उनले अभिनय गरेको पहिलो चलचित्रले नै नेपाली दर्शकको मन जित्न सफल भएपछि चलचित्र नगरीमा उनको माग बढ्न थालेको थियो । पशिलमे चलचित्रबाट सफलताको स्वाद चाखेका अभिनेता खनलले त्यसपछि चोट, अरुणिमा,चोखो माया, तपस्यालगायत २ दर्जनभन्दा धेरै चलचित्रमा अभिनय गरेका छन् ।

पछिल्लो समय अभिनयका साथै अभिनेता खनालले काठमाण्डौमा चलचित्र अध्ययन सिकाउने पाठशाला सञ्चालन गर्दै आएका छन् । उनी चलचित्र निर्माणको तयारीमा रहेको पनि बताइएको छ ।

karishma manandhar

करिष्मा मानन्धर
‘सदाबहार नायिका’ को रुपमा अभिनेत्री मानन्धरले लामो समय नेपाली चलचित्र नगरीमा एकछत्र राज गरिन् । १४ वर्षको उमेरबाट नै चलचित्र नगरीको यात्रा थालेकी अभिनेत्री मानन्धरको पहिलो चलचित्र ‘सन्तान’ हो । चलचित्र ‘सन्तान’मा अभिनेत्री मानन्धरले बालकलाकारका रुपमा अभिनय गरेकी थिइन् । चलचित्र ‘सन्तान’मा अभिनय गर्नु भन्दा पहिले उनको नाम बुनु केसी थयो ।

नेपाली चलचित्र नगरीमा एक समय एकछत्र राज गर्न सफल अभिनेत्री मानन्धरलाई चलचित्र निर्माण भने फापेन उनले निर्माण गरेको चलचित्र ‘बाबु साहेब’ असफल भएपछि उनी निरास हुदै अमेरिका लागेकी थिइन् । करिब १४ वर्षको अमेरिकाको बसाइ अन्त्य गर्दै नेपाल फर्किएकी अभिनेत्री मानन्धर पुनः चलचित्र निर्माणमा नै लागेकी थिइन् । उनले अमेरिकाबाट फर्किएर चलचित्र ‘फागु’निर्माण गरिन् । तर, त्यो पनि व्यावसायिक रुपमा असफल बन्न पुग्यो ।

उनी राजनितिमा समेत सकृय बनिन् । तर, राजनितिमा पनि सोचेअनुसारको सफलता नमिलेपछि अभिनेत्री मानन्धर पछिल्लो समय राजनितिलाई पनि पन्साउदै अध्ययनमा लागेकी छन् । उनी यससमय कक्षा १२ को परिक्षा दिइरहेकी छन् ।

priyanka karki

प्रियंका कार्की
पछिल्लो समय निकै चर्चामा रहने अभिनेत्र हुन् प्रियंका कार्की । उनी केही दिनअघि मात्र छोरीकी आमा बनेकी छन् । अभिनेत्री कार्की गर्भवती भएको सार्वजनिक भएदेखि नै उनी नेपाली दर्शकबिच चर्चाको पात्र बनेकी थिइन् । अभिनेत्री कार्की पनि लामो समयको अमेरिका बसाइपछि नेपाल फर्किएकी हुन् ।

अभिनेत्री कार्कीले अमेरिकामै बसेर स्नातकसम्मको अध्ययन गरेकी थिइन् । उनले अमेरिकाको बसाइमै विवाह समेत गरिन् । उनी उतै सेटल भैसकेकी थिइन् ।
तर पछि आफ्ना श्रीमानसँग सम्बन्धविच्छेद गरेर नेपाल फर्किइन् । नेपाल फर्किए पछि उनले अभिनय यात्रालाई नै निरन्तरता दिइन् । उनको पहिलो बिवाह सफल नहुनुको कारण पनि कलाकारिता क्षेत्र नै रहेको उनले कताउने गरेकी छन् ।

उनी आफ्नो कलाकारिता यात्रालाई निरन्तरता दिन चाहान्थिन् । कलाकारिता क्षेत्रमा नै निखारिन चाहान्थिन् । यही क्षेत्रमा स्थापित हुने उनको सपना थियो । तर उनका पुर्वपतिलाई यो मान्य हुन सकेन उनी अभिनेत्री कार्कीलाई कलाकारिता क्षेत्रमा निरन्तरता गराउने पक्षमा नदेखिएपछि अन्तत उनीहरुबिचको सम्बन्धनै टुटेको थियो । सम्बन्ध बिच्छेद गरेर नेपाल फर्किएकी अभिनेत्री कार्कीले पनि आफुलाई कलाकारिता क्षेत्रमा नै अग्रसर बनाएकी थिइन् ।

अभिनेता आयुष्मान देशराज जोशीसँग बिवाह बन्धनमा बाधिएकी अभिनेत्री कार्की अभिनयसँगै गायनमा पनि उत्ति नै रुची राख्छिन् । प्रियंका नृत्यमासमेत निकै माहिर मानिन्छिन् । कोरोनाले अक्रमण गर्नुअघिसम्म अभिनेत्री कार्की नेपाली चलचित्र क्षेत्रको सर्वाधिक व्यस्त नायिकाका रुपमा स्थापित भएकी भएकी थिइन् ।

yaman shrestha

यमन श्रेष्ठ
लामोसमयको अमेरिका बसाइलाई अन्त्य गर्दै नेपाल फर्किएर कलाकारिता क्षेत्रमा नै सर्कय अर्को नाम हो यमन श्रेष्ठ । यमन श्रेष्ठ वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठका छोरा हुन् । अध्ययनका लागि अमेरिकामा बस्दै आएका उनले विवाह समेत अमेरिकामै गरेका थिए । संगीत र कलाकारिता क्षेत्रमा अत्यन्तै रुचि राख्ने यमन अमेरिकामा रहँदासम्म कलाकारिता क्षेत्रबाट टाढा थिए ।

उनी रहरले अमेरिका भने नबसेको बताउने गरेका छन् । उनी भन्छन्, “मलाई नेपालमा बाबा जस्तै कलाकारिता क्षेत्रमा सकृय हुने मन थियो, तर छोरीको भविष्यले मलाई घरी घरी झस्काउने गथ्र्यो। नेपाल फर्किएपछि छोरीको अध्ययन बिग्रिन्छ कि भन्ने डरले सातइरहन्थ्यो”

नेपालमा यमनकी आमालाई क्यान्सर रोगले च्यापेपछि यमन आफ्ना श्रीमती तथा छोरी समेतलाई साथमा लिएर पुन अमेरिका नफकैने अठोटका साथ नेपाल फर्किएका थिए । उनी नेपाल फर्किएपछि भने गीत संगीत तथा अभिनयमा नै रमाउन थाले। एमबिएसम्मको अध्ययन गरेका श्रेष्ठलाई नेपाल फर्किएपछि फेरि आफ्नै भविष्यको कुराले घरी घरी पीडा दिन थाल्यो ।

जागिर खाने मन थिएन । उनी कलाकरिता तथा संगीतका क्षेत्रमा नै रमाउन चाहन्थे । पछि उनले केदार घिमिरे माग्ने बुढासँगको सहकार्यमा टेलिचलचित्र खासखुसमा कथा लेखन तथा अभिनय गर्न थाले । हाल उक्त टेलिचलचित्र बन्द भएपनि उनि केही चलचित्र तथा गितसँगीतमा नै रामाउने गरेका छन् ।

ramesh upreti

रमेश उप्रेती
अभिनेता रमेश उप्रेती नेपाली चलचित्र नगरीमा सोचेअनुरुपको सफलता प्राप्त गर्न नसके पछि अमेरिका लागेका थिए । केहस्समय अमेरिका बसे पनि उनलाई नेपाली चलचित्र नगरीको मायाले झस्काउने गथ्र्यो । नेपाली चलचित्र निर्माण गर्ने सपना थियो । अन्तत अभिनेता उप्रेती अमेरिकाको बसाइलाई अन्त्य गर्दै नेपाल फर्किएर कलाकारिता क्षेत्रमा नै सकृय बन्न थाले ।

रमेश उप्रेती कलाकार गणेश उप्रेती र तुलसा उप्रेतीका सन्तान हुन् । चलचित्र क्षेत्रमा त्यति जम्न नसके पनि रमेश चलचित्र क्षेत्रमै संघर्ष गरिरहेका छन् । नेपाली चलचित्र रगतबाट चलचित्र नगरीमा उदाएका अभिनेता रमेश आफैंले पनि ऐश्वर्य नामक चलचित्र निर्माण गरिसकेका छन् । उनले निर्माण गरेको चलदचित्रलाई भने दर्शकले सकारात्मक प्रतिकृया दिएका थिए ।

पहिलो चलचित्र रगतमा भिलेनको रोल निर्वाह गरेका रमेशको रहर भने हिरो बन्ने नै थियो । रगतमा गरेको अभिनयको साकारात्मक टिप्पणी पछि उनले नेपाली चलचित्र पराइ घर मा अभिनय गरेका थिए । चलचित्र पराइ घर मा भने उनले नायकको भूमिका नै निर्वाह गरेका थिए । उनी आफैंले निर्माण गरेको चलचित्र ऐश्वर्याबाट उनी उत्कृष्ट अभिनेताका रुपमा सम्मानितसमेत भएका थिए ।

Tags: करिष्मा मानन्धरगौरी मल्लप्रियंका कार्कीयमन श्रेष्ठरमेश उप्रेतीराजाराम पौडेलसरोज खनाल
Previous Post

धरानका किरणले ‘वाइवाइ जिङ्ग’ खादा पाए स्कुटर, मोडल सिम्रनको हातबाट चाबी हस्तान्तरण

Next Post

सांगितिक रियालिटी शो बिच घम्साघम्सी

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
चलचित्र ‘आबाट आमा’ को प्रदर्शन मिति तोकियो, १६ माघमा रिलिज हुने

चलचित्र ‘आबाट आमा’ को प्रदर्शन मिति तोकियो, १६ माघमा रिलिज हुने

कार्तिक २७, २०८२, २:३१ मध्यान्ह
‘लडाईं पहिचानको’ को नयाँ गीत ‘दश औला’ सार्वजनिक

‘लडाईं पहिचानको’ को नयाँ गीत ‘दश औला’ सार्वजनिक

कार्तिक २०, २०८२, ७:५० मध्यान्ह
६ शीर्ष कलाकार लिएर बन्दैछ ‘पाँच पाण्डव’

६ शीर्ष कलाकार लिएर बन्दैछ ‘पाँच पाण्डव’

कार्तिक २०, २०८२, ७:२२ मध्यान्ह
Next Post
सांगितिक रियालिटी शो बिच घम्साघम्सी

सांगितिक रियालिटी शो बिच घम्साघम्सी

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

by विशेष अनलाइन
कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
0

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

by विशेष अनलाइन
कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
0

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
0

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    401 shares
    Share 247 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।