BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

सांगितिक रियालिटी शो बिच घम्साघम्सी

विशेष अनलाइन by विशेष अनलाइन
अशोज ८, २०७८, २:४२ मध्यान्ह
in FEATURE, गीत संगीत
सांगितिक रियालिटी शो बिच घम्साघम्सी
126
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । पछिल्लो समय नेपालमा एक पछि अर्को रिायालिटि शो आउने क्रम जारी छ । बिशेषगरी सांगितिक रियालिटी शो हरु सबैको रोजाइमा पर्न सफल भएका छन् । पछिल्लो साय ३ वटा रियालिटी शो हरुले राम्रै चर्चा बटुलिरहेका छन् । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’को तिब्र तयारी भइरहेको छ । अडिशनका लागि नेपालका बिभिन्न प्रदेशका मुख्य शहरहरुमा यस शो का निर्णायाक लगायतको टिम दौडिरहेको छ ।

यता ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन भव्यताका साथ सम्पन्न गरेपछि हिमालय टीभी एचडीले बालबालिकाहरुका लागि गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रशारण गर्ने तयारी गरिरहेको छ । ‘द भ्वाइस अफ नेपाल’ नेपालीहरुका लागि पुरानै र चर्चित शो भए पनि यसपटक बालबालिकाहरुलाई केन्द्रित गर्दै पहिलो पटक ‘द भ्वाइस किड्स’शो आयोजना गर्ने तयारी गरिएको छ ।

‘नेपाल आइडल सिजन ४’ र ‘द भ्वाइस किड्स’ ले आ आफ्नो तायारी गरिरहेका बेला यता नेपालका लागि अर्को सांगितिक रियालिटी शो ले पनि बजारमा राम्रो चर्चा पाइरहेको छ । बालबालिकाहरुका लागि निकै ठुलो मानिएको रियालिटी शो ‘सा रे ग म प लिटिल च्याम्प्स नेपाल’ पहिलोपटक नेपालमा आयोजना गरिएको हो । भारतमा निकै चर्चा बटुल्न सफल भएको यस शो ले नेपाली बालबालिकाहरुको पनि मन जित्नेमा आशा गरिएको छ ।

nepal idol

‘नेपाल आइडल सिजन ४’ पहिलेकै नियम अनुसार आयोजना हुदै छ । भदौं १ गतेदेखि शुरु भएको डिजिटल अडिसन भदौं ३१ गतेबाट सम्पन्न भइसकेको छ । ‘नेपाल आइडल’ पुरानै शो भएपनि यसपटक यस शोका सम्पुर्ण निर्णायकहरु परिवर्तन भएका छन् । ‘नेपाल आइडल सिजन ४’को निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान रहेका छन् । ‘नेपाल आइडल सिजन ४’ मा तीनजना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् ।

सबै निर्णायकहरु नयाँ भएका कारण पनि यसपटकको ‘नेपाल आइडल सिजन ४’लाई चासोका साथ हेरिएको छ । पहिलेबाट नै राम्रो चर्चा कमाउन सफल यस शो ले धेरै गायक गायका जन्माइसकेको छ । यता गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ले पनि निर्णायक फाइनल गरिसकेको छ । ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन सम्पन्न गरेपछि सोही टिमले यो शो आयोजना गर्न लागेको हो । यस शो को निर्णयकमा ‘द भ्वाइस अफ नेपाल’का पुरानै निर्णयक प्रमोद खरेल र राजु लामाले निरन्तरता पाएका छन् भने गायिकाद्धय मिलन नेवार र प्रविशा अधिकारी नयाँ कोचका रुपमा भित्रिएका छन् ।

the voice of kids

यो शोमा ६ देखि १४ बर्षका बालबालिकाहरुले सहभागीता जनाउन पाउनेछन् । बालबालिकाहरुको अडिसन सम्पन्न भैसकेको शो का निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन् । अहिले अडिसनबाट छानिएका बालबालिकाहरु ‘ब्लाइन्ड अडिसन’को तयारीमा व्यस्त रहेको बताइएको छ । आइतबारबाट ‘ब्लाइन्ड अडिसन’को छायांकन सुरु हुने निर्देशक पौडेलले जानकारी दिएका छन् । ‘द भ्वाइस किड्स’ कात्तिकबाट प्रशारण गर्ने तयारीमा रहेको बताइएको छ ।

यता भारतिय सांगितिक बजारमा राम्रो चर्चा बटुल्न सफल अर्को रियालिटी शो ‘सा रे ग म प लिटिल च्याम्प्स नेपाल’को चर्चा सामाजिक सञ्जालमा निकै बढीरहेको छ । सामाजिक सञ्जाल टिकटकमा यसका केही क्लिप्सहरु बाहिरीएका छन् । टिकटकमा आउट भएका छोटा भिडियोहरुमा आएको प्रतिकृया हेर्दा उक्त शो बाट नेपाली दर्शक निकै उत्साहीत रहेको देख्न सकिन्छ । नेपालमा पहिलो पटक आयोजित यो शो लाई ग्यालेक्सी एचडी बाट प्रसारण गर्ने तयारी गरिएको छ ।

saregamapa

‘सा रे ग म प लिटिल च्याम्प्स नेपाल’को निर्णायकका रुपमा यस अघि ‘नेपाल आइडल’मा निर्णायकका रुपमा रहेका न्यु बजाराचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका छन् । यस शो लाई आलिन श्रेष्ठले निर्देशन गरिरहेका छन् । गोरखा मिडिया नेटवर्क प्रालिले आयोजना गरेको यस शो मा १५ जना जुरी निर्णायक राखिएको छ । जसमा निशा देशार,टीका प्रसाई, धर्मेन्द्र शेवान, प्रश्ना शाक्य,विश्व नेपाली, सिडि विजय अधिकारी, विक्रम बराल, निशान भट्टराई, रवि ओड, किश्वर थापा, उदेश श्रेष्ठ, विशाल योन्जन, सरिता मिश्रा, मेनुका पौडेल, हर्का साउद रहेका छन् ।

Tags: द भ्वाइस अफ नेपालद भ्वाइस किड्सनेपाल आइडल सिजन ४सा रे ग म प लिटिल च्याम्प्स
Previous Post

यी कलाकार, जो अमेरिका बसाइको अन्त्य गर्दै नेपाल फर्किए

Next Post

पुजा परियारको आवाजमा “माया संसार”

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
Next Post
पुजा परियारको आवाजमा “माया संसार”

पुजा परियारको आवाजमा “माया संसार”

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
0

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
0

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
0

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।