बिशेष अनलाइन । लामो समय देखि चलचित्रकर्मीहरुले राखेको माग अन्तत सम्बोधन हुने भएको छ । नेपाल सरकारले चलचित्रकर्मीहरुलाई पनि खोप उपलब्ध गराउने भएको छ । यो महिनाको अन्त्यसम्ममा चलचित्र विकास बोर्डले चलचित्रकर्मीहरुका लागि खोप उपलब्ध गराउने बताएको छ ।
लामो समय देखिको माग ढिलै भएपनि सम्बोधन भएको र यसले नेपाली चलचित्रकर्मीलाई खुशी बनाएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् । विकास बोर्डको माग अनुसार नै सरकारले खोप उपलब्ध गराउने आश्वासन दिएको अध्यक्ष दाहालको भनाई छ ।
सरकारले माग अनुरुप नै खोप उपलब्ध गराउने भनेपछि चलचित्रकर्मीका लागि के कति खोप आवस्यक पर्छ भनेर चलचित्रसँग निकट संघसंस्थालाई सूची बनाउन भनेको छ । सबैले सुची बनाएर पठाएपछिमात्र खोपको संख्या सरकारलाई उपलब्ध गराउने बोर्डका अध्यक्ष दाहालको तयारी छ ।
केही दिन अघिमात्र प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाका कारण थलिएको चलचित्र नगरीलाई चलायमान गराउन सरकारको तर्फबाट सहयोग गर्ने आश्वसन दिएका थिए । प्रधानमन्त्री देउवाले आश्वसन दिएको हप्ता दिन भित्र चलचित्रकर्मीको माग सम्बेधन हुनु सकारात्मक भएको प्रतिकृया आउन थालेको छ ।
Discussion about this post