विशेष अनलाइन । ऋषिराज आचार्य निर्देशित चलचित्र ‘द्रौपदी’को टीजर सार्वजनिक भएको छ । महिला संवेदनामा आधारित रहेको चलचित्रको मर्मस्पर्शी टीजर १ मिनेट ३७ सेकेन्डको रहेको छ । चलचित्रले अर्ग्यानिक र गम्भीर विषय उठाएको टिजरले संकेत गर्छ ।
आगामी चैत ८ गतेदेखि प्रदर्शनमा आउने चलचित्र डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरूमा छायांकन गरिएको हो । चलचित्र हालसम्म कसैले छायांकन नगरेका एकदमै रमणीय भर्जिन स्थलहरूमा छायांकन गरिएको निर्देशक आचार्यले बताए ।
चलचित्रमा आश्विनी शाही, रवि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य लगायत कलाकारहरुको अभिनय छ ।
चलचित्रमा कथा, पटकथा, संवाद, गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ । चलचित्रको गीतमा रवि ओड र इन्द्रकला राईको आवाज रहेको छ । आरबि मुभिजको ब्यानरमा बनेको फिल्मका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् ।ऋतु आचार्य र सुवास ठडराई यो फिल्मका सह–निर्माता हुन् ।
Discussion about this post