विशेष अनलाइन । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशनमा बनेको चलचित्र ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर, भीम बिसीको शब्द, संगीत, उदयराज पौडेलको एरेन्ज तथा श्यामस्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ ।
भिडियोमा चलचित्रका मुख्य पात्र सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङ फिचर्ड रहेका छन् । गीतले बाबु र छोरीको मायालाई चित्रण गरेको छ । गीतमा शिशिर खातीको कोरियोग्राफी छ ।चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन रहेको चलचित्रमा दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी, रजज्ञा श्रेष्ठ र सुजता केसीको स्वर रहेको छ । चलचित्रमा दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीले शब्द, प्रिज्मा श्रेष्ठले मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलले सङ प्रोग्रामिङ गरेका छन् । आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्र आगामी फागुन २ गते बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रमा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको रहेका छन् । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।
Discussion about this post