बिशेष अनलाइन । ‘भ्वाइस अफ नेपाल’को सिजन ४’ का फाइनलिस्ट रिहान गिरीले नेपाली चलचित्र होस्टेल’को तेस्रो श्रृंखलामा काम गर्ने पक्का भएको छ ।
यसअघि नेपाली चलचित्र ‘मायावी’ मा अनुबन्धित भएपनि भिसा प्रक्रिया नमिले पछि उक्त चलचित्रबाट बाहिरिएका थिए । यो चलचित्रका लागि गिरी बेलायतको सांगीतिक टूर छोट्टाएर साउन पहिलो साता काठमाडौं आउँदैछन् ।
भदौ बाट छायांकन सुरु हुने चलचित्रको निर्देशन सशान (सन्तोष) कँडेलले गर्दैछन् । चलचित्रमा सामाजिक संजालकी कन्टेन्ट क्रिएटर सिम्रन पन्त र भारतको सिक्किमका कमेडियन पदम तामाङ पनि यस अघिनै अनुबन्धित भैसकेका छन्।
Discussion about this post