बिशेष अनलाइन । कोरोना भाइरसका कारण गरिएको निषेधाज्ञाले गर्दा सबैजसो क्षेत्र प्रभावित भएका छन् । कोरोना भाइरसबाट मनोरञ्जन क्षेत्र अछुतो रहने कुरै भएन ।
कोरोना भाइरसको संक्रमण दर केही घटेपछि सरकारले निषेधाज्ञालाई खुकुलो बनाउदै गएको छ । बन्द रहेका बिभिन्न संघ सस्ंथा, कार्यक्रमहरु बिस्तारै सुचारु हुन थालेका छन् । यसै बिच कोरोनाकै कारण रोकिएको नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ संचालनमा आउने भएको छ ।
कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा कार्यक्रमको छायांकन हुन नसकेपछि शोको प्रशारण रोकिएको थियो । निषेधाज्ञा केही खुकुलो भएपछि शे सुचारु गर्न लागिएको अयोजकले जानकारी दिएको छ । नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै शोलाई प्रशारणमा ल्याउने तयारी आयोजकले गरेको हो ।
बन्द अघि शोमा उत्कृष्ट ९ प्रतियोगीतबीच प्रतिस्पर्धा चलिरहेको थियो । अब सोही प्रतिस्पर्धालाई निरन्तरता दिइने छ । थ्रि प्रोडक्सनले निर्माण गरेको कमेडी च्याम्पियनलाई विशाल भण्डारीले निर्देशन गर्दै आएका छन् । शो को कार्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, राज घिमिरे र हिरन कुमार बस्नेत हुन् ।
Discussion about this post