इटहरी / भारतीय टिभी अभिनेत्री किश्वर मर्चेटले कुनै समय आफू कास्टिङ काउचको सिकार भएको बताएकी छन् । एक अन्तरवार्ताका क्रममा उनले उक्त कुराको खुलासा गरेकी हुन् । उक्त अन्तरवार्तामा बोलेका कुराहरुको कारण यतिबेला उनको चौतर्फी चर्चा भइरहेको छ ।
उनलाई सोधिएको कास्टिङ काउचको सिकार हुनु भएको छ कि छैन भन्ने प्रश्नमा जवाफ आिफु कास्टिङ काउचको सिकार बनेको बताएकी छन् । उनले भनेकी छन् । ‘म एक पटक कास्टिङ काउचको सिकार भएको छु, मलाई कुनै उक स्थानमा मिटिङको लागि भनेर बोलाइउएको थियो । तर मा त्यस समय आमासँग गएको थिए । ’
आफुलाई एउटा फिल्ममा काम गर्ने अवसर आएको तर उक्त फिल्ममा काम गर्नका लागि सोही फिल्मको हिरोसँग रात बिताउने सर्त राखिएको उनले खुलासा गरेकी छन् । उनले यस क्षेत्रमा यस प्रकारका घटना धेरै हुने गरेको तर यस क्षेत्रको बदनाम नहोस् भन्नको लागि चुप बस्नुपर्ने अवस्था हुने गरेको गुनासो गरेकी छन । उनले अघि भनेकी छन् ‘यस क्षेत्रमा त्यस्ता धेरै अभिनेत्रीहरु छन्, जसले बाध्य भएर त्यस प्रकारका सर्तहरु पुरा गरेका छन् । ’
तर उनले भने उक्त सर्त अघि आउनासाथ आफुले अस्विकार गरेको बताएकी छन् । आफूलाई उक्त फिल्ममा काम गर्न त्यस प्रकारका विभिन्न सर्त राखे पनि आफुले अस्विकार गरेको र त्यस फिल्ममा काम नै नगरेको बताएकी छन् । उनले उक्त फिल्म र व्यक्तिको नाम भने खुलाउन चाहिनन् ।
उनले आफ्नो काम प्रतिको झुकाबलाई आत्मासाथ गरेका कारण आझ यो स्थानमा आउन सफल भएको बताएकी छन् । हाल उनी एक टिभि स्टारको रुपमा स्थापित भएकी छन् । उनी ४० वर्षको उमेरमा गर्भवती भएकी छिन् । उनी र उनको श्रीमान सुयश राय करिब ६ वर्षदेखि प्रेममा थिए । उनीहरुले विवाह गरेको ४ वर्ष भएको छ ।
अभिनेत्री किश्वर मर्चेटले ‘भेजा फ्राई–२’, हम तुम और शबाना’ लगायत फिल्ममा काम गरेकी छन् ।
Discussion about this post