इटहरी / कोरोना भाइरस र यसका कारण जारी निषेधाज्ञाका कारण नेपालको सबैजसो क्षेत्र ठप्प छन् । जारी निषेधाज्ञाका कारण गरिब, असाहाय, वृद्ध, अपाङ्गहरु साथै यस्ता व्यक्तित्वहरुलाई आश्रय दिँदै आएका संस्थाहरु समस्यामा परिरहेका छन् । राजनैतिक दल यस्ता समस्याको सामाधानलाई बेवास्ता गर्दै आफ्नै स्वार्थमा रमाइरहेका बेला नेपाली कलाकर्मी साहयोगी भावनाका साथ अघि आइरहेका छन् ।
यसै बिच निर्देशक तथा हास्य कलाकार निर्मल शर्मा ‘गैंडा’ ले चलचित्र नगरी कोरोनाको चपेटामा परेको लामो समय भएको कुरालाई मध्यनजर गर्दै चलचित्र प्राविधिकलाई सहयोग गरेका छन् । निषेधाज्ञाका कारण कामबिहीन बनेका चलचित्र प्राविधिकहरुलाई कलाकार शर्माले २५ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् ।
उनले लक्ष्मी प्रतिष्ठानसँग सहयोग जुटाएर नेपाल चलचित्र प्राविधिक संघलाई उक्त रकम हस्तान्तरण गरेका बताइएको छ । पछिल्लो समय बिभिन्न कलाकारहरुmे निम्न आय भएका चलचित्र प्राविधिकहरुलाई सहयोग गरिरहेका छन् । यस अघि अभिनेत्री सुमिना घिमिरेले पनि चलचित्र प्राविधिक संघमा आवद्ध चालिस जना प्राविधिकलाई एक महिनासम्म पुग्ने रासन सहयोग गरेकी थिइन् ।
Discussion about this post