विशेष अनलाइन । भारतीय चलचित्र क्षेत्रका चर्चित कलाकार प्रदीप रावतको समेत मुख्य भूमिका रहेको प्रतीक्षित चलचित्र ‘आ बाट आमा’ को नयाँ गीत सार्वजनिक गरिएको छ। यही माघ १६ गतेबाट देशभरका हलहरूमा प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको भावुक गीत रिलिज गरिएको हो। सार्वजनिक गीतमा अभिनेता रावतको मर्मस्पर्शी अभिनय देख्न सकिन्छ।
परदेशिन लागेको कथावस्तु र बिछोडको पीडालाई प्रस्ट्याइएको यस गीतको भिडियोमा प्रदीप रावतका साथै अभिनेता पल शाह, अभिनेत्री बिपना थापा, साइग्रेस पोखरेल, उषा उप्रेती र सिम्रन पन्त लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। किरण परियारको सुमधुर स्वर रहेको यस गीतमा अभि सुनारको शब्द तथा सङ्गीत रहेको छ भने विशाल निरौलाले सङ्गीत संयोजन (एरेन्ज) गरेका छन् ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा बिपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपाली लगायतका कलाकारहरूले मुख्य भूमिका निर्वाह गरेका छन् ।
चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्रको कथा तथा पटकथा समेत निर्देशक पन्त स्वयंले लेखेका छन्। चलचित्रको गीतहरूमा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले सङ्गीत गरेका छन्। गीतको भिडियोमा कोरियोग्राफीको जिम्मेवारी गम्भीर विष्ट र दिलीप ओखेडाले गरेका छ्न् ।.
चलचित्रको निर्माणमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले लगानी गरेका छन् । चलचित्रको कार्यकारी निर्माता करण सिंह रसाली हुन् । व्यावसायिक रूपमा चलचित्रको प्रदर्शन अधिकार आरआर फिल्मस्ले लिएको छ । चलचित्रको डिजिटल अधिकारको रुपमा ओएसआर डिजिटल रहेको छ। चलचित्र यहि माघ १६ गतेबाट प्रदर्शनमा आउदै छ ।









Discussion about this post