विशेष अनलाइन । ओपन स्पेस प्रा.लि. को आयोजनामा सञ्चालित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ। इटहरीमा आयोजित उक्त प्रतिस्पर्धामा सहभागी बालबालिकाहरूले नृत्य, गायन, चित्रकला र वक्तृत्वकला जस्ता विविध विधामा आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए। बालबालिकाको आत्मविश्वास र कलात्मक क्षमताको कदर गर्दै आयोजना गरिएको यस राउण्डमा उनीहरूले देखाएको उत्साहले दर्शक तथा अभिभावकहरूलाई हर्षित तुल्याएको थियो।
प्रतियोगिताको निष्पक्ष मूल्याङ्कनका लागि ‘मिसेस पूर्वेली आइकन’ विजेता मेघा खड्का, मिसेस ट्यालेन्ट सीता पुरी, रईशा चौधरी र सुजन घिमिरे सम्मिलित निर्णायक मण्डल रहेको थियो। यसै चरणमा निर्णायकले दिएको अंकका आधारमा अन्तिम प्रतिस्पर्धामा ‘लिटिल मिस ट्यालेन्ट’ र ‘लिटिल मिस्टर ट्यालेन्ट’ को उपाधि घोषणा गरिने आयोजकले जनाएको छ। कार्यक्रम केवल बाह्य सौन्दर्यमा मात्र सीमित नभई बालबालिकाको बौद्धिक विकास र व्यक्तित्व निखार्ने पाठशालाको रूपमा रहेको निर्देशक सरोज श्रेष्ठले बताए।
हाल कोरियोग्राफर सुभेक्षा कार्कीको प्रशिक्षणमा प्रतिस्पर्धीहरूले क्याटवाक, पब्लिक स्पिकिङ र योगा लगायतका कलाहरू सिकिरहेका छन्। सिइओ सजिना श्रेष्ठ र मिडिया कोअर्डिनेटर सुवास संकल्प लगायतको टिमले व्यवस्थापन गरिरहेको यस प्रतियोगिताको ग्राण्ड फिनाले यही माघ १७ गते इटहरीमा हुने तय भएको छ।













Discussion about this post