BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर १६, २०८२, ४:५० मध्यान्ह
in FEATURE, चलचित्र
‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया
76
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को भव्य प्रिमियर सोमबार साँझ ललितपुरस्थित लविम महलको क्यूएफएक्स हलमा गरिएको छ । प्रिमियरमा चलचित्रकर्मी, चलचित्र युनिटका सदस्यहरू र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। चलचित्रको पहिलो प्रदर्शनीलाई लिएर उपस्थित सबैमा ठूलो उत्साह देखिएको थियो ।

चलचित्र हेरेपछि अधिकांश दर्शकले यसलाई ‘उत्कृष्ट’ प्रतिक्रिया दिए भने केहीले ‘ठिकै’ रहेको बताए। धेरैले कलाकारहरूको ‘अब्बल अभिनय’ र ‘उत्कृष्ट कथावस्तु’ को प्रशंसा गरे। दर्शकहरूले चलचित्रको सस्पेन्स थ्रिलर ड्रामालाई विशेष रूपमा रुचाएका थिए, जसले उनीहरूलाई अन्तिमसम्म बाँधेर राखेको थियो।

प्रिमियरमा निर्देशक शोभित बस्नेत, अभिनेता दिब्यदेव पन्त, कमेडियन भरतमणि अधिकारी, अभिनेत्री सरिता गिरी लगायतका महत्त्वपूर्ण व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूले चलचित्र हेरेपछि आ-आफ्नो प्रतिक्रिया दिएका थिए।

अभिनेता दिव्यदेव पन्त ले चलचित्रको कथावस्तु, निर्देशन र कलाकारहरूको काम अब्बल रहेको बताए। उनले विशेषगरी चलचित्रमा महिला पात्रलाई प्रस्तुत गर्ने परम्परागत शैलीलाई यसले तोडेको भन्दै प्रशंसा गरे। निर्देशक शोभित बस्नेत ले पनि अहिले कलाकारहरूका चलचित्र चल्ने समय आएको बताउँदै ‘अभिमन्यु : च्याप्टर–१’ कलाकारहरूको अभिनयका कारण सफल हुने विश्वास व्यक्त गरे।

कमेडीयन भरतमणि पौडेल ले चलचित्रले दाइजो प्रथा जस्तो गम्भीर सामाजिक विषयवस्तुलाई उठाएको र यसमा बलियो सस्पेन्स थ्रिलर ड्रामा समावेश गरिएको प्रतिक्रिया दिए। उनले चलचित्र हेरेर दर्शकले सामाजिक सन्देशसहित मनोरञ्जन पनि पाउने बताए।

प्रिमियरपछि चलचित्रका मुख्य अभिनेता कामेश्वर चौरसिया मिडियासामु निकै भावुक देखिए। करिब दुई दशक चलचित्र क्षेत्रमा बिताएका उनले बल्ल यस चलचित्रमार्फत मुख्य भूमिका निर्वाह गर्न पाएका हुन्। आफ्नो लामो सङ्घर्षलाई स्मरण गर्दै उनले भने, “कलाकार बन्नको लागि स्क्रिप्ट नै चाहिदो रहेछ… जे गरेँ, यहाँ आइपुग्नकै लागि रहेछ।”

सुशान्त गौतमले निर्देशन गरेको र मुकेश खनालले लेखेको यो चलचित्र नेपाली र हिन्दी गरी दुई भाषामा स्वदेश तथा विदेशमा रिलिज हुँदैछ। कामेश्वर चौरसिया सँगै सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र आगामी बिहीबार (१८ गते) बाट विश्वव्यापी प्रदर्शनमा आउँदैछ।

Previous Post

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

Next Post

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।