विशेष अनलाइन । सरोज पौडेल निर्देशित चलचित्र ‘कोशेढुङ्गा’ को नयाँ सोरठी गीत ‘जाने कहाँ होला’ सार्वजनिक गरिएको छ। दसैं–तिहारको शुभकामना स्वरूप निर्माण टिमले आइतबार यो गीत सार्वजनिक गरेको हो।
गीतमा आशिष अविरल र सुशीला पाठकको स्वर रहेको छ। रमेश परियारले लेखेको यस गीतमा अविरलकै संगीत, एरेञ्जमेन्ट, मिक्सिङ र मास्टरिङ गरिएको छ। भुवन गन्धर्वले रिदम सेक्शनमा साथ दिएका छन् भने गोपाल देवले बाँसुरी र अनुप दासले बास गिटार बजाएका छन्। रेकर्डिङ रागा स्टुडियो मा भएको हो।
गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री सुरक्षा पन्त, नीति शाह र मञ्जिल कुमारलगायत कलाकारको नृत्य देख्न सकिन्छ। झिलिमिली बत्तीले भरिएको तिहारको माहौल झल्काउने यो गीत सुन्दा मात्र होइन, हेर्दा पनि आकर्षक बनेको छ।
सुमन सागर जंग केसीको कोरियोग्राफी रहेको यस गीतसहितको चलचित्र ‘कोशेढुङ्गा’ गत भदौ १२ गतेदेखि प्रदर्शनमा आइसकेको हो। यसमा आर्यन सिग्देल, सुरक्षा पन्त, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, मञ्जिल कुमार र सरोज खनालको अभिनय रहेको छ।









Discussion about this post