विशेष अनलाइन । विजय केरुङको निर्देशन रहेको नेपाली चलचित्र ‘परिवर्तन’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण युनिटले घटस्थापनाको अवसर पारेर पोस्टर रिलिज गर्दै आगामी माघ ९ (जनवरी २३) लाई फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो।
सार्वजानिक पोस्टरमा सुशील श्रेष्ठ एक्सन अवतारमा प्रस्तुत भएका छन्। पोस्टरमा उनले हातमा तरबार बोकेका छन् जसमा आगोको राप झल्किन्छ। सस्पेन्स र एक्सन मिश्रित कथामा नायकको परिवर्तन यात्रा र संघर्षलाई मुख्य विषय बनाइएको देखिन्छ।

दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सुशील श्रेष्ठका अलवा अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर,हेमन्त बुढाथोकी,सुवास मेचे,बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायतकाकलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा कथा तथा निर्माण दीपक सिवाकोटीको रहेको छ ।चलचित्रलाइ शिवम् अधिकारीले लेखेका हुन् ।चलचित्रको ब्याकग्राउण्ड म्युजिक बलिउडका कालाचरणको छ । चलचित्रको कथा, संवाद र गीत–संगीत नेपाली समाजमा परिवर्तनको चाहनासँग सम्बन्धित रहेको निर्माण पक्षले जनाएको छ। डिओपी शिव ढकालको रहेको चलचित्रमा सम्पादन बन्दे प्रसादले गरेका छन् । चलचित्रको वितरण आर.आर. फिल्मस्ले गर्ने भएको छ ।









Discussion about this post