विशेष अनलाइन । लोकप्रिय कलाकार पूजा ठाकुर को नयाँ तीज गीत ‘तीजैको महिना शिवाको महिमा’ सार्वजनिक भएको छ। गीतमा उनका लोभलाग्दो नृत्य र भावपूर्ण अभिनयले दर्शकको मन जितिरहेको छ। देशी फिल्म्सको प्रस्तुति रहेको यस गीतमा तीजको सांस्कृतिक वातावरण, रङ्गीन सजावट र परम्परागत पोशाकले गीतलाई थप आकर्षक बनाएको छ।
गीतमा स्वर अनु चौधरी, शब्द डीपी खनाल, र संगीत तारा प्रकाश लिम्बू ले दिएका छन्। संगीत संयोजन सविन लिम्बू, मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरी, भिडियो निर्देशन शान थापा, नृत्य निर्देशन रोशन विश्वकर्मा, र छायांकन अर्जुन तिवारीले गरेका छन्।
गीतको मुख्य विषय भगवान शिवको महिमा र तीजको धार्मिक महत्व हो। पूजा ठाकुर एक्लै मुख्य कलाकारका रूपमा प्रस्तुत भएकी छन्। उनका दृश्य, रङ संयोजन र सांस्कृतिक पोशाकले गीतलाई अझै प्रभावकारी बनाएको छ।
देशी फिल्म्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस गीतले छोटो समयमै दर्शकको प्रशंसा प्राप्त गर्दै तीजको माहोललाई झन् उल्लासमय बनाएको छ।
यसैबीच, पूजा ठाकुरले आफ्नो नयाँ कम्पनी स्थापना गर्ने घोषणा पनि गरेकी छन्। उनले म्युजिक भिडियो निर्माण र कलाकारीमा सक्रिय योगदान दिन सक्ने विश्वास व्यक्त गर्दै नेपाली संगीत क्षेत्रमा नयाँ ऊर्जा भर्ने आशा व्यक्त गरेकी छन्।









Discussion about this post