इटहरी / बेबी बम्पकाकारण यतिबेला अभिनेत्री प्रीयंका कार्की चर्चामा छिन् ।
पश्चिमा शैलीमा बिशेष चासो राख्ने अभिनेत्री कार्की सोही कारणले चर्चामा आउने गरेकी छिन् ।
मनोरञ्जनको नगरीमा यतिबेला अभिनेत्रीहरु आमा बन्ने लहरनै चलेको छ भन्दा फरक नपर्ला ।
अभिनेत्री प्रीयंका कार्की सगै अभिनेत्रीहरु रक्षा श्रेष्ठ, ऋचा शर्माका साथै अभिनेत्री गरिमा पन्त पनि यतिबेला गर्भवती छन् ।
मनोरञ्जन नगरी कोरोना भाइरसका कारण ठप्प भएका बेला सबै जसो कलाकार फुर्सदिला बनेका छन् ।
कोहि कोरना सङ्क्रमित भएका छन् भने कोहि सङ्क्रमितका लागी सहयोग जुटाउनमा सक्रिय छन् ।
तर सिने नगरीका यी अभिनेत्रीहरुलाई भने कोरोना भाइरसले आमा बन्ने सुबर्ण अवसर दिएको छ भन्दा फरक पर्दैन । उनिहरु आफ्नो गर्भमा रहेको बेबीसग निकै रमाइरहेका छन् ।
यसैबीच अभिनेत्री गरिमा पन्तले पनि सामाजिक संजालमा आफ्नो आगन्तुक सन्तानसहितको तस्वीर सार्वजनिक गरेकी छिन् ।
उनको पछिल्लो पोस्टलाई आधार मान्दा उनी गर्भवती भएको ७ महिना पुरा भएको छ ।
उनी अब सुत्केरी हुनलाई केही महिना मात्रै बाँकी छ ।
नेपाली समाज अझै पनि यस्ता क्रियाकलापमा खुली नसके पनि एक पछि अर्की नेपाली अभिनेत्रीले बेबी बम्पलाई सामान्य बनाउन थालेका छन् ।
सोही कारणले पनि उनिहरुलाई नेपाली दर्शकहरुबाट मिश्रित प्रतिक्रिया आउने गरेको छ ।
अभिनेत्री प्रीयंका कार्की र गरिमा पन्तले बाक्लै रुपमा बेबी बम्पका तस्वीर सार्वजनिक गरे पनि अभिनेत्री ऋचा शर्मा शर्मा र रक्षा श्रेष्ठले भने यसमा खासै चासो दिएका छैनन् ।
Discussion about this post