विशेष अनलाइन। प्रसिद्ध लोकगायक पशुपति शर्मा सवार कार बुधबार दिउँसो स्याङ्जाको भीरकोट नगरपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको छ। कार दुर्घटनामा गायक शर्मा सहित लोकगायक शिव हमाल र घनश्याम रिजाल सवार थिए। सबै जना सामान्य चोटपटकसहित सकुशल रहेको जनाइएको छ।
वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई सडक किनारको कल्भर्टमा ठोक्किएको हो। गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ भने बाँकी यात्रुहरू सामान्य छन्। प्राप्त भिडियोमा शर्माको हातमा ब्यान्डेज बाँधिएको देखिन्छ।
दुर्घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गायक शर्माले चोट सामान्य रहेको र “ग्रह कटेको” महसुस भएको बताएका छन्। “घाँस काट्दा हात काटिएजस्तो मात्र हो,” उनले भने। गायक शिव हमालले पनि भिडियोमा प्रतिक्रिया दिँदै, गाडी स्लिप भएर सामान्य दुर्घटना भएको बताए। तीनै जना कलाकार स्याङ्जामा आयोजना गरिएको सांगीतिक कार्यक्रममा सहभागी हुन पोखराबाट वालिङतर्फ जाँदै थिए।









Discussion about this post