विशेष अनलाइन । गायक तथा अभिनेता प्रकाश सपुतको नयाँ तीज गीत ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक भएको छ।
गीत शुक्रबार राति युट्युबमार्फत सार्वजनिक गरिएको हो।
यो गीत ‘बदला बरिलै २’ को रूपमा आएको हो। गीतमा समीक्ष अधिकारी र एलिना चौहानको स्वर रहेको छ। शब्द र संगीत प्रकाश सपुतको नै हो। संगीत संयोजन श्यामश्वेत रसाईलीले गरेका छन्।
भिडिओमा प्रकाश स्वयं पनि देखिएका छन्।साथै रेखा थापा, सिम्रन खड्का र संजोग रसाईलीको अभिनय छ। गायिकाद्वय समीक्षा र एलिनाको पनि उपस्थिति छ।
यो रेखा थापाको दोस्रो म्युजिक भिडियो हो। रेखाले विषय संवेदनशील भएकाले अभिनय गरेको बताइन्। गीतमा प्रकाशले जबरजस्तीकरणी विरूद्दको आवाज उठाएका छन्। गीत सार्वजनिक गर्दै प्रकाशले भनेका छन्,’यो तीज गीत ‘नाइँ भनेसी नाइँ (बदला बरिलै २)’ जबरजस्तीकरणी विरूद्दको एउटा आवाज हो। हामीलाई विश्वास छ तपाइले पनि आवाजमा आवाज मिसाउनु हुनेछ।’
‘बदला बरिलै’ मा देवी घर्तीको स्वर र केकी अधिकारीको अभिनय थियो। भिडियोको निर्देशन प्रकाश सपुतले गरेका छन्। सार्वजनिक गितको छायांकन बुद्ध थापाले गराका हुन् भने सम्पादन प्रविन भट्टले गरेका हुन् ।









Discussion about this post