विशेष अनलाइन । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशनमा डेब्यु गर्ने तयारीमा रहेकी चलचित्र ‘सुख दुःख’ मा बहुप्रतिष्ठित कलाकार मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन् । निर्माण टिमले शुक्रबार उनलाई चलचित्रको महत्वपूर्ण भूमिकाको लागि अनुबन्ध गरेको हो ।
चलचित्रको कथा सुनेपछि आफू भावुक भएको र स्क्रिप्टले मन छोएकै कारण अभिनय गर्न सहमत भएको मदनकृष्णले बताएका छन् । निर्देशकको रूपमा पहिलोपटक काम गर्न लागेकी निता ढुङ्गाना श्रेष्ठसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित रहेको बताउँछिन् । उनले भनिन्, “स्क्रिप्ट सुनाउँदा उहाँको प्रतिक्रिया निकै भावुक थियो, उहाँले कथा मन पराउनु नै हामीका लागि ठूलो उपलब्धि हो ।”
यसअघि गत आइतबार चलचित्रले अर्की चर्चित कलाकार मिथिला शर्मालाई पनि औपचारिक रूपमा अनुबन्ध गरिसकेको छ । यद्यपि, अन्य मुख्य कलाकारहरूको नाम भने निर्माण पक्षले सार्वजनिक गरिसकेको छैन । चलचित्रको छायाङ्कनको लागि बलिउडका चर्चित छायाकारहरू कवीरलाल र शाहिदलाल अनुबन्धित भइसकेका छन्, जसले नेपाली चलचित्रमा प्राविधिक स्तरमा नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ ।
‘नीता फिल्मस’ को ब्यानरमा निर्माण हुन लागेको चलचित्र आगामी वर्षको दसैँमा, विशेषगरी फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने तयारी छ । चलचित्रको वितरण अधिकार उपत्यकाबाहिरका लागि एफडी कम्पनीले र उपत्यकाभित्रका लागि रिच इन्टरटेनमेन्टले लिइसकेको छ, जसले चलचित्रको बजार व्यवस्थापनमा पनि विशेष ध्यान दिइएको देखिन्छ ।









Discussion about this post