विशेष अनलाइन । सुपरहिट चलचित्र ‘जारी’को दोस्रो भाग ‘जारी २’ आउँदैछ।चलचित्र असोज ३, संविधान दिवसको दिनदेखि प्रदर्शनमा आउनेछ। निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै मिति घोषणा गरेका हुन्।

चलचित्रको उपशीर्षक ‘सङ अफ च्याब्रुङ’ राखिएको छ। उपेन्द्र सुब्बा निर्देशित चलचित्रमा दयाहाङ राई, मिरुना मगर र विजय बराल छन्। चलचित्रलाई बाँसुरी फिल्म्सले निर्माण गरेको हो।

पहिलो भागले १७ करोडभन्दा बढी कमाइ गरेको थियो ।दोस्रो श्रृंखला लिम्बु समुदायको जारी प्रथामा आधारित छ।
अभिनेत्री मिरुना मगरका अनुसार यो भाग अझ उत्कृष्ट बनेको छ।
रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ निर्माता हुन्।
गुरुङका अनुसार दशैंपछि ‘कबड्डी ५’ को छायांकन सुरु हुनेछ। ‘जारी’ र ‘कबड्डी’ दुवै हिट फ्रेन्चाइज हुन्।









Discussion about this post