BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

मौलिकता र संस्कृतिको उज्यालो बोकेर ‘नाकछोङ’ बेलायत उत्रिँदै, यूके प्रिमियरका सम्पूर्ण टिकट बिक्री

विशेष अनलाइन by विशेष अनलाइन
असार २४, २०८२, ९:२५ मध्यान्ह
in FEATURE, चलचित्र
मौलिकता र संस्कृतिको उज्यालो बोकेर ‘नाकछोङ’ बेलायत उत्रिँदै, यूके प्रिमियरका सम्पूर्ण टिकट बिक्री
306
SHARES
Share on FacebookShare on Twitter

मनोज दाहाल । पारम्परिक संस्कृतिको गन्ध र राई समुदायको जीवन दर्शनलाई पर्दामा उतार्दै निर्माण गरिएको नेपाली चलचित्र ‘नाकछोङ’ अब बेलायतको रजतपटमा प्रक्षेपण हुन लागेको छ। आगामी जुलाई २० तारिखका दिन ‘द आसफोर्ड सिनेमा’, यूकेमा आयोजना हुने विशेष शोका लागि सम्पूर्ण टिकट बिक्री भइसकेको निर्माता ज्योति राज राईले जानकारी दिएका छन्। दर्शकहरूको उत्साह र अग्रिम बुकिङको असाधारण मागले निर्माता र निर्देशकलाई हर्षित तुल्याएको छ।

चलचित्र प्रदर्शनको सम्पूर्ण व्यवस्थापन किरात राई यायोक्खा प्रा.का. स आसफोर्डले गरिरहेको छ।

निर्देशक किरण राईद्वारा निर्देशित ‘नाकछोङ’ उनको तेस्रो निर्देशन हो। यसअघि ‘लुङा’ र ‘जिउपंचौ’ जस्ता मौलिक कथानक चलचित्रहरू निर्देशन गरिसकेका उनले पुनः परम्परा र आधुनिकताको संगमलाई पर्दामा उतारेका छन्। पटकथा किरण राई र निर्माता ज्योति राज राईको सहकार्यमा तयार पारिएको हो।

चलचित्र  राई समुदायको विवाह संस्कार, चाडपर्व, र कुलपितृ पूजामा महत्वपूर्ण मानिने ‘नाकछोङ’ अर्थात् बिजुवा पात्र वरिपरि घुम्छ। परम्परा र आधुनिकताको दोबाटोमा उभिएको समाजको आत्मसंघर्ष र सांस्कृतिक विरासतलाई चलचित्रले कलात्मक भाषामा प्रस्तुत गर्छ।

भुवन सिंह राई, यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई लगायतका कलाकारहरूको अभिनयले कथालाई जीवन्त बनाएको छ भने बाल कलाकार जेशन राईले कथामा विशेष संवेदना थपेका छन्।

छायांकन बाबु श्रेष्ठले गरेका हुन्, जसले दृश्यहरूलाई जीवन्त र संवेदनशील बनाएका छन्। संगीतमा दिनेशकाजी वान्तवा र अनिल कोई राईको रचना, राजन मुकारुङ र विष्णु किरातीका शब्द र नोगेन लिम्बु तथा परेस राईको स्वरले चलचित्रलाई सांगीतिक मिठास दिएको छ।

यसअघि ‘लुङ्गा’, ‘संगम’, ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे’, ‘प्रोड्युसर’ जस्ता चलचित्र निर्माण गरिसकेका ज्योति राज राई ‘नाकछोङ’ मार्फत फेरि एकपटक मौलिकता, परम्परा र पहिचानको जगेर्ना गर्दै छन्।

यूके प्रदर्शनपश्चात् नेपालमा पनि चलचित्र सार्वजनिक गरिने तयारी निर्माण टिमले गरेको छ। ‘नाकछोङ’ केवल चलचित्र होइन, संस्कृति, सभ्यता र पहिचानको सुगन्ध बोकेको जीवन्त दस्तावेज हो, जुनले नेपालीपनलाई अन्तर्राष्ट्रिय स्तरमा गौरवका साथ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

Previous Post

‘शिरीषको फूल’ नाटकबाट अभिनेत्री सनिशा भट्टराईको रंगमञ्च डेब्यु

Next Post

तक्मे बुढाको ‘मैझारो’ मा मिरुना मगर अनुबन्धित

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
तक्मे बुढाको ‘मैझारो’ मा मिरुना मगर अनुबन्धित

तक्मे बुढाको 'मैझारो' मा मिरुना मगर अनुबन्धित

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।