विशेष अनलाइन । हास्य कलाकार तथा अभिनेता विल्सनविक्रम राई ‘तक्मे बुढा’ले निर्देशन गर्ने चलचित्र ‘मैझारो’ मा अभिनेत्री मिरुना मगर शीर्ष भूमिकामा अनुबन्धित भएकी छन्। यसअघि चलचित्र ‘कबड्डी’ र ‘ऊनको स्विटर’मा उनीहरूले सँगै अभिनय गरिसकेका छन्।
‘मैझारो’मा यसअघि नै अभिनेता धीरज मगर अनुबन्धित भइसकेका छन्। टेलिभिजनबाट तक्मे बुढा नामले लोकप्रियता कमाएका राईले पहिलो पटक लेखन र निर्देशनमा हात हालेका हुन्। चलचित्रको छायांकन साउनको पहिलो साताबाट सुरु हुने तयारी छ। छायांकनका लागि इलाम र पाँचथरका रमणीय स्थानहरू छनोट गरिएका छन्।
चलचित्र पूर्वी नेपालका पहाडी भेगका संस्कृति, जीवनशैली र सामाजिक यथार्थ झल्काउने कथावस्तुमा निर्माण हुनेछ। चलचित्रमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहनेछ । राजेशपायल राईको स्वरमा गीतहरू समावेश हुनेछन्। चलचित्रको छायांकन सौरभ लामाले गर्ने छन्।










Discussion about this post